राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको बैठक सम्पन्न भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटी अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षता र र्राष्ट्रिय युवा संघ पाल्पा जिल्ला अध्यक्ष बिस्णु आचार्यको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो।
देशका बलिया खम्बा युवाहरुको जमघट अनि शक्ति मानिने नेकपा एमालेको भातृ संगठन र्राष्ट्रिय युवा संघ नेपालले हरेक विषम परिस्थितिमा पनि नडग्मगाइ पार्टी र भाबी युवा पुस्ताका लागि निडर रुपमा डटेर लाग्दै आएकोछ। देश र जनताका लागि सदैब लागिपर्ने पार्टी नेकपा एमालेको नीति अनि सिद्धांत लाई आत्मसात गर्दै गरिब , दिनदुखी र सर्बहारा बर्गको हित , न्याय र सम्मानका लागि लड्दै गर्दा र्राष्ट्रिय युवा संघ नेपालको अहम भुमिका रहदै आएको छ।
बैठकमा प्रमुख अतिथि र्राष्ट्रिय युवा संघ नेपाल पाल्पा जिल्ला अध्यक्ष बिष्णु आचार्यले अहिले नजिकिदै गरेको आसन्न निर्वाचन मंसिर ४ गतेको लागि युवा शक्ति अपरिहार्य भएको र त्यस्का लागि युवा परिचालन महत्वपूर्ण भएकोले कसरी र कुन रुपमा युवा हरुलाइ उत्प्रेरित गरि अघि लैजाने र निर्वाचन लक्षित कार्यक्रम हरु सफल पार्ने भन्ने बिसयमा आफ्नो दरिलो भनाइ राख्नुभएको थियो।
र्राष्ट्रिय युवा संघ रामपुर नगर कमिटी सदस्य जनक भण्डारीको स्वागत मन्तब्य बाट सुरु भएको बैठकमा नेकपा एमाले रामपुर नगर सचिब किर्तिनाथ श्रेष्ठ , लुम्बिनी मेडिकल कलेज प्रभास नशा तथा मनोरोग विशेषज्ञ डाक्टर राजेश श्रेष्ठले आगामी मंसिर ४ को निर्वाचनमा युवा शक्ति लाई शसक्त ढंगले लागेर नेकपा एमालेका उमेदवार हरु लाई जिताउन हर त्यो कोशिश गर्न समेत आग्रह गर्नुभएको थियो भने बैठक सन्चालन र्राष्ट्रिय युवा संघ पाल्पा जिल्ला सचिवालय सदस्य हरि ज्ञवालिले गर्नुभएको थियो ।


