पाल्पा। पाल्पा क्षेत्र नंं १ का प्रतिनिधिसभा सदस्य नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य नेपालमा सबैभन्दा राम्रो काम केपी सरकारको पालामा भएकोले सम्पूर्ण जनता लाई सूर्य चिन्हमा मतदान गर्न अनुरोध गर्नुभएको छ । एमाले उम्मेदवार आचार्य निस्दीको वडा नंं २ सहलकोट, वडा नंं ३ झिरवास र तिनाउँ गाउँपालिका वडा नंं ५ कोल्डाडा क्षेत्रमा घरदैलो गर्दै केपी ओली सरकारको पालामा पुल, सडक, विधालय भवन, सास्कृतिक डवली, गाउँ गाउँमा रोजगारीका अभियानहरु संचालन भएकोलेमा प्रचण्ड, माधव नेपालहरु आत्तिएर सरकार ढलाएकोले अव जनताले सूर्य मत हालि पुन एमाले सरकार बनाउनु पर्नेमा उम्मेदवार आचार्यले जोड दिनुभयो ।
पाल्पा क्षेत्र नंं १ २ का प्रदेश सभा सदस्य एमाले उम्मेदवार खेम बहादुर सारुले पुर्वखोला वडा नंं ६ हेक्लाङ र तिनाउँ ५ कोल्डाडाका जनता संग घरदैलो कार्यक्रममा केरावारी पाताल मराङकोट सडक स्तरउन्नती गर्ने, ठाडे र पातालमा सिंचाई योजना, जल्माघाटमा पक्कीपुल, खेलमैदान र मरामकोट, पातालमा पर्यटकीय पुर्वाधार निर्माणमा पहल गर्ने बताउनु भयो । क्षेत्र नंं १ १ का प्रदेश सभा सदस्य एमाले उम्मेदवार राजु प्रसाद श्रेष्ठले निस्दीको वडा नंं २ सहलकोट र वडा नंं ३ झिरवासमा घरदैलो गर्दै एमाले सरकारले ल्याएको एक घर एक धारा, स्थानीय सडकको स्तरउन्नती, काउले डाडामा थप पर्यटकीय पुर्वाधार निर्माणमा पहल गर्ने बताउनु भएको छ ।


