कालीगण्डकीमा पानीजहाज सबस्टेसनकाे संकल्प- श्रेष्ठ

बाेलीखबर   २०७९-०७-२३

पाल्पा । आम निर्वाचन नजिकिँदै गर्दा पाल्पामा चुनावी अभियान तिब्रा पारेकाे छ । दल तथा स्वतन्त्र उम्मेदवारहरू मतदाता भेटघाटमा गाउँगाउँमा पुगेका छन् ।

चुनावी अभियानमा पाल्पा क्षेत्र १(१) का प्रदेश सभा सदस्य उम्मेदवार समेत रहेका राजुप्रसाद श्रेष्ठले पवित्र कालीगण्डकी नदीमा पानीजहाज चलाउन सबस्टेसन राख्ने  संकल्प राखेकाे छ ।  नेकपा एमालेको सरकारले ल्याएको योजना अनुरुप सबस्टेसन राख्ने सर्भे भइसकेको हुँदा त्यसलाई पूरा गर्ने संकल्प गरेकाे हाे ।

‘पानीजहाज सञ्चालन गरेर यस क्षेत्रका स्थानीयले प्रशस्त लाभ लिने हुँदा निर्वाचनपछि एमालेको सरकार बन्ने हुँदा लगत्तै सबस्टेसन निर्माणको प्रक्रिया अगाडि बढ्ने छ,’ श्रेष्ठले  ‘सामाजिक क्षेत्रमा निरन्तर यस क्षेत्रमा समय बिताएको छु । यहाँको समस्या के हो यसबारे राम्रो जानकार छु । त्यसलाई नागरिकले प्रत्याभूत गर्ने गरी समस्याको समाधान गर्ने मेरो पहिलो काम हुनेछ ।’ श्रेष्ठले बताए ।

उम्मेदवारहरू आफूले निर्वाचन जितेर अबको ५ वर्षमा आफ्नो क्षेत्रमा गर्ने विकास निर्माणका खाका लिएर चुनावी मैदानमा हाेम्मिएका छन् । नेकपा एमालेबाट पाल्पा क्षेत्र– १ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार बनेका श्रेष्ठले आफ्नो क्षेत्रमा घरदैलो कार्यक्रम तिब्रा पारेका छन् ।

मतदातासँग भेटघाट गर्ने, मत माग्ने, आफ्नो योजना सुनाउँदै गाउँबस्तीमा चुनावी परिचायत्मक अभियानमा व्यस्त देखिन्छ।रामपुरस्थित विभिन्न संघसंस्थामा नेतृत्व गरेका श्रेष्ठले पूर्वी पाल्पा विकासमा पछाडी परेकाले यहाँको समस्यालाई समाधान गर्ने र नागरिकको जीवनस्तर माथि उकास्ने खालका कार्यक्रमलाई पहिलो प्राथमिकता दिने बताउदै आइरहेका छन्।

सडक, शिक्षा, प्रत्येका घरमा ‘एक घर एक धारा’ जडान गरी शुद्ध खानेपानी पुर्‍याउने, आधारभूत स्वास्थ्य सेवालाई अनिवार्य पालना गर्ने, युवा स्वरोजगारमूलक कार्यक्रम गरी स्वदेशमै रोजगारको सिर्जना गर्ने, कृषिलाई आधुनिकीकरण गरी व्यवसायीकरण गर्ने श्रेष्ठकाे चुनावी योजनामा छन् ।

यता गठबन्धनका उम्मेदवार श्यामकान्त खनालले अाफनाे चुनावी अभियानलाइ तिब्रा पारेका छन् । पाल्पा क्षेत्र नं. १(१) काे गाउँगाउँमा पुगेर मतदाताहरू भेटघाट गरी मत मागेका छन् । आफनाे चुनावी नाराका तथा याेजना लिएर क्षेत्रका बिभिन्न वडाका मतदाताहरूसंग मत मागिरहेका छन् ।

स्वतन्त्र उम्मेदवार पाल्पा क्षेत्र नं. १ का इ.बिपिन कडेलले पनि आफनाे चुनावी अभियानलाइ तिब्रा पारेका छन् । कडेलले हाम्राे भन्दा पनि राम्राे उम्मेदवारलाइ मत दिन उनकाे चुनावी अभियान लिएर गाउँगाउँ पुगेका छन् । देशकाे बिकास अव युवाले मात्र गर्ने बताएका छन् ।