एक घर एक धारा संकल्प पूरा गर्ने : उमेदवार श्रेष्ठ

बोली खबर   २०७९-०७-२५

पाल्पा । मङिसर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवारहरु मत माग्न जनताको घर दैलो टोलबस्तीमा भेटघाट तथा अन्र्तक्रियामा व्यस्त छन् ।

क्षेत्र नं. १ (१)का प्रदेशसभा सदस्यका उम्मेदवार राजु प्रसाद श्रेष्ठ पुर्बखोला क्षेत्रमा घरदैलो तथा भेटघाटमा व्यस्त हुनुहुन्छ । मतदाताहरुसँगको भेटघाटमा उहाँले जनताको अमुल्य मतको कदर गर्दै आफु सदैव जनताको सेवक बन्ने प्रतिबद्धता जनाउनुभयो ।

शुक्रबार उमेदवार श्रेष्ठ पुर्बखोला ३ का मतदाता सङ्ग भेटघाट गर्दै त्यहाको देउराली रोङ्ढङ चुनिया अर्खलडाडा तामाखानी हुँदै रामपुर जोड्ने बाटो स्तर उन्नति गर्ने बताउनु भएको छ । उहाँले पुर्बखोला बासी सङ्ग आफुले जिते पछि एमाले सरकारको घोषणा पत्र अनुसार काम गर्दै एक घर एक धाराका लागि चुनिया लिफ्ट खानेपानी सुनिश्चित गर्ने बताउनु भएको छ ।

उहाँले प्रदेश सरकार एमाले भएमा प्रदेशले दिने हरेक सुबिधा सङ्ग आफ्ना मतदातालाइ जोड्ने बताउदै श्रेष्ठले कृषि , पर्यटन र कृषि उपज बजारीकरण गर्न प्रदेश सङ्ग सहकार्य गरि जनताको आर्थिक स्थिती उकास्न समेत लागी गर्ने बताउनु भएको छ ।