इमान्दारितापूर्वक जनताको सेवा गर्न पाल्पालीले साथ दिनु पर्छः साझा उम्मेद्वार राना

बाेलीखबर   २०७९-०७-२८

पाल्पा । पाल्पा क्षेत्र (२) १ का सत्ता गठबन्धनका साझा उम्मेदवार वीरबहादुर रानाले इमान्दारितापूर्वक जनताको सेवामा लागेको बताएका छन् । आइतबार यम्घाको दर्पुुक, मदनपोखराको दमकडा लगायतका क्षेत्रमा भएको घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार रानाले हिजोका दिनमा पनि जनताकै दुःख,सुखमासँगै रहेको र भोलिका दिनमा पनि जनताकै सेवामा रहन चाहेको बताएका हुन् ।

लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिचाइँ मन्त्री समेत रहेका रानाले आफ्नो बुद्धिले भ्याएसम्म निष्ठा र इमान्दारितापूर्वक जनताको सेवा लाग्दै आएको बताए । मन्त्री रानाले  भने,‘ मङ्सिर ४ मा हुने निर्वाचनमा गठबन्धनले जित्न नै पर्ने छ ।’ पाल्पावासीले साथ दिनुपर्छ उनले भने ।

सिद्धबाबा सडकको समस्या समाधान, कालीगण्डकी करिडोर, माडी चक्रपथ साथै झुम्सा–कचल, सालझण्डी–सुन्दरढुंगा, रामपुर–तानसेन–छहरा सडक स्तरोन्नती,तानसेनका बासिन्दालाई स्वच्छ खानेपानी उपलब्ध गराउने,कृषि तथा पशुपालनमा आधुनिकीकरण, व्यवसायीकरण, सिंचाइमा सुधार गर्ने, यहाँका धार्मिक तथा पर्यटकीय स्थलकहरुको विकास गर्दै पाल्पालाई विकासोन्मुख बनाउन सधैँ लागिरहने मन्त्री रानाले बताए ।  विकास सम्भव छ, गर्न सकिने रहेछ भन्ने सन्देश दिन चाहन्छु मन्त्री रानाले भने,‘देश र जनताको सेवा गर्न राजनीतिमा लागेको र यसमा साथ पाल्पावासी जनताको हुनुपर्छ ।’ रानाले आफुु सांसद र मन्त्री भइसकेपछि पाल्पाको कृषि, शिक्षा, सडक र पूर्वाधारका क्षेत्रमा उल्लेखिय काम गरेको र केही महत्वपूर्ण योजनाहरु अगाडि बढेकाले ति योजना पुरा गर्नका लागि पनि आम मतदाताले सहयोग गर्न आग्रह गरे ।