पाल्पा । निस्दी गाउँपालिका,पाल्पामा एक वृद्धको लास भेटिएको छ। निस्दी गाउँपालिका वडा नम्बर-४,मित्याल,भोर्माका ६४ वर्षीया मोहन सिं खाम्चाको लास रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

मंगलबार बेलुकीसम्म पनि घर नआएपछि परिवारले छिमेकीलाई खबर गरेको र खोजी गर्दा खाम्चालाई चिलाउनीको रुखमा झुन्डिएको अवस्थामा भेटेको स्थानीयले बताएका छन । खाम्चाको लास भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खाम्चाको शव बुधबार बिहान पोस्टमार्टमको लागि रामपुर अस्पतालमा लागेको छ ।
घटनाको थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले बताएकाेछ ।


