नेकपा एमाले पाल्पा जिल्ला क्षेत्र नं १ को चुनावी कार्यक्रम अन्तर्गत बुधबार निस्दी गाउपालिका वडा नं २ सहलकोटमा सम्पन्न भएको छ । भेलाबाट सिंगै गाउ नेकपा एमालेमा प्रवेश गरेको छ । दुख सुखको साथी एमाले भएको भन्दै गाउँ नै एमालेमा प्रवेश गरेको हो ।
सिङ्गो गाउँलाई एमालेमा प्रबेश गराउदै नेकपा एमालेका पोलिट्व्युरो सदस्य दल बहादुर रानाले रामपुर पन्थे सहलकोट हुँदै झ्यालबास जाने बाटो रणनीतिक सडक अन्तर्गत केपि ओलि प्रधानमन्त्री हुँदा सुरु गरिएको बताउनु भएको छ । उहाँले बोल्दै त्यस ठाउँको कला सस्कार सस्कृतिको जगेर्ना गर्दै संरक्षकण र सम्बर्द्धन गर्ने गरि अगाडि बढ्ने बताउनु भएको छ ।




