पूर्वखोलामा सिङ्गो गाउँ नै एमालेमा प्रवेश ।

बाेलीखबर   २०७९-०८-०१

पाल्पा । पूर्वखोलाको -५ को विरकोट मालेखर्क र पूर्वखोला -३ अर्खलडाँडाको कोरङ्गा टोल नेपाली काँग्रेसमा आस्था राख्ने करिब ६० घरपरिवारहरु एमाले प्रवेश गरेकाे छ । नेकपा एमाले पाल्पा क्षेत्र १ का उम्मेदवार नारायण प्रसाद आचार्य, खेम बहादुर सारु लगाएत नेताहरुले पार्टी प्रवेश गराएकाे हो ।

पार्टी प्रेवेश संगै उम्मेदवार आचार्यले यो क्षेत्रको विकास निर्माणमा नेकपा एमाले कटिबद्ध रहेको बताउदै गाउँ समाज र टोलको विकासमा आफू र नेकपा एमाले कटिबद्ध रहेको बताएका छन्। नेकापा एमाले पूर्वखोला-३ को अर्खलडाँडाको कोरङ्गामा भेलालाई सम्बोधन गर्दै स्याफत देउराली – अर्खलडाँडा -तामाखानी को बाटोमा आफू निर्वाचन भएको २ बर्ष भित्रमा बस हिडेने गरि स्तर उन्नति गरिने बताए ।

उम्मेदवार आचार्यले विद्युत् , खानेपनी यस क्षेत्रको सबै ठाउँ मा भएको र केही ठाउँमा काम हुँदै गरेको त्यो छिटै हुने गरि काम भएको बताउदै यो सब नेकपा एमाले नेकपा एमालेको नेतृत्वको कारण सफल भएको बताए । आचार्यले सिचाई, शिक्षा, युवा स्वरोजगार पर्यटन क्षेत्रलाई ध्यानमा राखेर काम गर्ने बताएका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला, पालिका, वडाको नेताहरुको उपस्थित रहेको थियो ।