लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

बाेलीखबर   २०७९-०८-२५

पाल्पा । रामपुर नगरपालिका वडा न. ४ देबिस्थानमा “सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान ” भन्ने नाराका साथ अपराध न्यूनीकरण तथा लैङ्गिक हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ।

वडाअध्यक्ष राम बहादुर रानाको अध्यक्षता र इलाका प्रसाशन कार्यालय प्रमुख भगवानभक्त अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत रामपुर नगरपालिका वडा न ४ मा पनि अन्य वडाहरुमा जस्तै लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धि कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा समाजमा विभिन्न घटनाहरु घटिरहेका छन भने त्यस्को उजागर सहित समाधानका लागि के कस्ता कुराहरुमा जोड दिने र हिंसा रहित समाजको सृजना गर्नमा आम नागरिकले खेल्नुपर्ने भुमिका विषयमा प्रशिक्षण रहेको थियो। लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धि प्रशिक्षणतात्मक प्रस्तुति सहित रामपुर नगरपालिका सहायक महिला बिकास निरीक्षक सिर्जना रेग्मीले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमका अध्यक्ष राम बहादुर रानाले आफ्ना वडामा भए गरेका विभिन्न खाले हिंसात्मक गतिविधिलाई कम गर्न र यदि साच्चिकै हिंसाका कारण पिडामा परेका पीडितहरुको उद्धारका लागि वडा सदैब तत्पर  रहने बताएका थिए । वडालाइ हिंसा रहित गराउनका लागि हर कोशिसमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

वडा न ४ महिला सदस्य सिमा रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निबर्तमान वडा सदस्य मकबुल मिया, सम्पुर्ण पत्रकारहरुको तर्फबाट सन्जु देबि परियार, नेकपा एमाले जिल्ला सल्लाहकार सदस्य लुक बहादुर बिर्कट्टा, समाजसेवी बिस्णु प्रसाद आचार्य , नेपाली काङ्ग्रेस वडा उपसभापति लक्ष्मी भट्ट , लगाएतले लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धि आ-आफ्ना भनाइ राख्नुभएको थियो । कार्यक्रम सन्चालन वडा सचिब सबिता रानाले गर्नुभएको थियो ।