पाल्पा । निस्दी गाउपालिका वडा नं ४ मित्यालकाे सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । ४ नं वडा अध्यक्ष शन्तबिर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निस्दी गाउपालिका लेखा प्रमुख सरोज काफ्ले रहेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा निस्दी ४ मित्याल वडाको प्रतिबेदन वडा सहायक सहबिर खन्गाहाले प्रस्तुत गरेको थियाे । प्रतिवेदन माथि उपभोक्तहरुबाट उठेको जिज्ञासा, सुझाव तथा प्रश्नहरुमा छलफल भएकाे थियाे । साथै गाउँपालिकासंग सम्बन्धि गुनासोको जवाफ निस्दी गाउँपालिका लेखा प्रमुख सरोज काफ्लेले दिएका थिए ।
पशुसंग सम्बन्धिको जिज्ञासा ४ नं वडा मा विभिन्न खसी बोका बिक्री गर्दै आएको र उक्त खसी बोका जोख्न ढक तराजु समस्य बारेको जवाफ पशु सेवा प्रमुख ओम ब मश्राङ्गीले दिएका थिए । स्वास्थ्य इकाई संघ र प्रदेशको चुनावले गर्दा ढिलो हुन गएको र अब पुस १ गते परिक्षा हुँदै गरेको जवाफ निस्दी ४ स्वास्थ्य प्रमुख पुर बहादुर सारुले दिएका थिए ।
बिद्धुतको २ फेस मात्र गाउँ टोलमा पुगेको र बिद्धुतिय उपकरण चलाउन गाह्राे भएको उपभोक्तको गुनासोमा अब पहिलो चरणको काम सम्पन्न पछि सबै क्षेत्रमा ४ फेसको लाइन लैजाने पहल हुने काफ्लेले बताएका थिए भने गाउँ टोलमा विभिन्न भवन तथा बाटो बृहत बिस्तार अबको योजना रहेकाे बताएका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा अतिथिहरु नेकपा एमाले प्रतिनिधि हेम बहादुर खाम्चा,नेपाली कांग्रेस प्रतिनिधि, नेकपा माओवादी प्रतिनिधि, निस्दी कार्यापालिका सदस्य हेम कुमारी सुनारी, ४ नं वडा- सचिव नारायण निमिल्सेना, पशु सेवा प्रमुख ओम बहादुर मश्रांगी, स्वास्थ्य प्रमुख पुर बहादुर सारु, योजना प्राबिधिक डिल्ली बोहरा, कृषि प्राविधिक नामाकर संजेल, वडा सहायक सहबिर खन्गाहा, समाजसेवी नरेश सुनारी रहेका थिए।


