रामपुरमा बेबारिसे नवजात शिशु मृत अवस्थामा फेला

बाेलीखबर   २०७९-०८-२८

पाल्पा । रामपुर नगरपालिका वडा नं. ५ बसपार्कमा बेबारिसे शिशु मृत अवस्थामा फेला परेको छ । शिशु नहरको पानीले बगाउदै ल्याइएको अवस्थामा बेझाड स्थित बसपार्क नजिकको नहरमा भेटिएको हो ।

स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेर मृत शिशुलाई बाहिर निकाएको स्थानीयले बताएकाे छ । र्भखरै जन्मिएपछि उक्त बच्चालाई नहरमा फालिएको हुन सक्ने अनुमान गरिएको छ । घटना स्थानमा बेबारिसे शिशुलाई उद्दर गरी प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

साल सहित लिङ्ग पहिचान भएको नवजात शिशु नाबालिका रहेको पाईएको छ । बच्चा कस्ले फाल्यो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बच्चा जन्माएर नहरमा फालेको आशंका गरिएको छ । मृत अवस्थामा फेला परेको शिशुको शव पोष्टमार्टमका लागि रामपुर अस्पताल लगिएको छ ।