नेकपा एमाले रामपुर नगरपालिका वडा नं. ४ वडा कमिटी काे श्रद्धाञ्जाली सभा सम्पन्न

बाेलीखबर   २०७९-०९-१५

पाल्पा । नेकपा एमाले रामपुर नगर पालिका वडा नं. ४ वडा कमिटी रामपुर पाल्पाले श्रद्धाञ्जाली सभा सम्पन्न गरेको छ ।
नेकपा एमाले पाल्पाका जिल्ला सदस्य तथा रामपुर नगर कमिटी सहइन्चार्ज दुर्गादेवी रानाको पति टिकाराम रानाको निधन भएको ७ दिनको पुन्यतीथिमा श्रद्धाञ्जाली सभा गरेको हो ।

सभामा प्रमुख अतिथि नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व भूमिसुधार मन्त्री दलबहादुर रानाले मृतक टिकाराम रानाले समाजप्रति गरेको योगदानको उच्च मूल्यांकन गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो ।

रानाले २०४९ सालमा साविकको दर्छा गा.वि.स. वडा नं. ७ नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएर समाजको हरेक काममा अविचलित भएर काम गरेको बताएका थिए ।  साथै राजनीति, सामाजिक परिवर्तन गर्नका लागि अतुलनीय योगदान गरेको प्रशंसा गरे ।

२०७० सालमा नेकपा एमालेमा प्रवेश गरेका रानाले पार्टी प्रति देखाएको आस्था, लगाव पार्टीप्रति देखाएको योगदान पार्टीले सम्झिरहने बताएका थिए ।

नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले श्रद्धाञ्जली दिदै २०४८ सालमा बहुदल आएपछि जनताको सेवामा अग्रसर रहेर काम गरेको बताए । वहाँले समाजमा परिवर्तन चाहने युवाहरुको नेतृत्व गरेको सम्झिए । सभामा नेकपा एमाले पाल्पा क्षेत्र नं. १ (१) का लुम्बिी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, पाल्पा क्षेत्र नं. १ (२) का लुम्बिनी प्रदेश सभा सदस्य खेम बहादुर सारु, पूर्व प्रदेश सांसद नारायणी घिमिरे, युवराज खनाल, नेकपा एमाले पाल्पाका सचिव रामजी पोखरेल, कानुन ब्यवसायी तथा रामपुर नगरपालिका मेयरका उपविजेता शिव अर्यालले सभामा आफनो मन्तब्य राखेका थिए ।

सभामा नेताकार्यकर्ता, आफान्त तथा शुभाचिन्तहरुको सहभागिता रहेको थियो । सभा नेकपा एमाले रामपुर वडा नं. ४ का वडा कमिटी अध्यक्ष डिलबहादुर कौशीको अध्यक्षता सम्पन्न भएको थियाे ।