तालपोखरा संरक्षण समितिको अध्यक्षमाः देवकोटा

बाेलीखबर   २०७९-०९-१७

पाल्पा । पाल्पाको पर्यटकीय स्थल तालपोखरा संरक्षण समितिको चौथो अधिबेसनले भरतराज देवकोटाको अध्यक्षतामा सर्बसहमतिमा नेतृत्व चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मित्रा ढकाल, सचिवमा शिब देवकोटा, कोषाध्यक्षमा लक्ष्मी ढकाल र सदस्यहरुमा सुदन प्रकाश रेग्मी, कृष्ण कुमार अर्याल, जनक भण्डारी, डेमा देवकोटा, हुमादेवी देवकोटा, घनश्याम ढुङगाना, सन्तोष पौडेल, सिता भण्डारी, शिबराम कडेंल, गंगा परियार र सन्तोष देवकोटा सर्बसहमतिमा छनौट हुनुभएको छ ।

लेखा सुपरीबेक्षण समितिको संयोजकमा सुनिल प्रसाद देवकोटा, सदस्यमा गुरु प्रसाद पराजुली र भोजराज भण्डारी चयन भएकाे छ । समितिको कार्यकाल ३ बर्षको रहनेछ ।

तालपोखरा संरक्षण समितिको विधान अनुसार तालपोखराको प्रधान संरक्षकको रुपमा रामपुर नगरपालिकाका प्रमुखसगै संरक्षकमा वडा अध्यक्ष र सह संरक्षकमा नगदर १० लाख रुपँया भन्दा माथि दान दिने दानदाता रहने व्यवस्था समेत छ ।

ताल र पार्क गरी तालपोखरा झण्डै ७५ रोपनी क्षेत्रफलमा फैलिएको छ । तालमा ठुलो सानो प्लाष्टिक र काठको गरि ४ वटा डुङा चलाइएको छ । जहाँ डुङा शयर गरि ताल बिचमा रहेको मन्दिरमा दर्शन गर्ने र फर्कने गर्दछन् । यहाँ २०७४ साल माघदेखि नियमित डुङा चलाईएको छ । तालको बिचमा जलेश्वर महादेवको मन्दिर छ भने वारि भगवान् शिबको मुत्र्ति प्रतिस्थापन गरिएको छ ।