निस्दी गाउँपालिकाद्धारा ४ पत्रकारलाई सम्मान

बाेलीखबर   २०७९-०९-१९

पाल्पा । निस्दी गाउँपालिकाले पत्रकारिताको माध्यमबाट निस्दीको समग्र विकासमा योगदान पुर्याएकाे भन्दै  ४ जना पत्रकारहरुलाई सम्मान गरेको छ ।

निस्दी पालिकाको १२ औं हिउँदे अधिवेशनको अवसरमा निस्दीको ब्यवसायिक भवनमा भएको कार्यक्रममा सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा सम्मान पत्र, जिन्सी सामान (मोबाईल) का साथै ढाकाको झोला प्रदान गरेका थिए ।

नेपाल पत्रकार महासंघ पाल्पाका *साधारण सदस्य धनबहादुर ठाडा, बोलीखबर डटकमका सहसम्पादक प्रेमकान्छा मगर, परेवा खबर डटकमका संचालक पुनाराम सुनारी तथा सामुदायिक रेडियो रामपुरका प्रतिनिधी होम राईमगरलाई सम्मान गरेका थिए ।

निस्दी गाउँपालिकाका योजना अधिकृत अजुर्न खनालले सम्रग निस्दीको विकास तथा हरेक सूचना, सन्देश तथा सामाचारहरु सम्पे्रषण गरी निस्दीका समुदायहरुमा पुर्याउनु भएको योगदानको मूल्यांकन गरी सम्मान गरेको बताउनु भयो ।

निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले निस्दीमा भएगरेका यथार्थ समाचार सम्प्रेसण गर्न आग्रह गर्नुभएको थियो ।
सम्मान पछि पत्रकारहरुको तर्फबाट होम राई मगरले यो सम्मानका लागि पालिका परिवारप्रति हार्दिक आभार ब्यक्त गर्दै अगामी दिन थप जिम्मेवार थपिएको बताउनु भएको थियो ।

गाउँसभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने व्यक्तिहरूलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरेको छ । सम्मानित हुनेहरूमा उत्कृष्ट शिक्षक, प्रधानाध्यापक, उपभोक्ता समुह, सहकारी संस्था, कर्मचारी, गरेका छन । सम्मानित सबैलाई सम्मान पत्र, नगद, मायाको चिनो र दोसल्लाले सम्मान गरेको हो ।

सोमबार सम्पन्न हिउँदे अधिवेशनले आर्थिक वर्ष २०७९/०८० को स्वीकृत योजना तथा रकमान्तर सहित कुल ४ करोड ५६ लाख ४० हजार बराबरको योजना तथा कार्यक्रम पास गरेको थियो । *साधारण सदस्य हुनुपर्नेमा सच्याइएकाेछ । -सम्पादक