निस्दीकाे घाचुरमा बलेरो जीप दुर्घटना

बाेलीखबर   २०७९-०९-२९

पाल्पा । निस्दी गाउँपालिका वडा नं. ५ गल्धामा बाङलाङ्गबाट ढुङ्गनावेशी तर्फ जादै गरेको बलेरो जीप आज घाचुरमा दुर्घटना भएको छ ।

लु २ च १८९५ बलेरो जीप कृषी सामान तथा अदुवा लिएर जादै गर्दा ब्रेकफेल भएर दुर्घटना भएको श्री गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्था लि. ब्यवस्थापक दिलमाया सारुले बोलीखबरलाई जानकारी दिए ।

सारुका अनुसार दुर्घटनामा चालक तथा सहचालक सामान्य घाईते भएका छन् । जीप सडकबाट करिब २ सय मिटर तल खसेकोछ । अदुवा तथा गाडीमा क्षति पुगेको ब्यवस्थापक सारुले जानकारी दिएका छन् । श्री गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्था लिद्धारा कृषि एम्बुलेन्सको रुपमा संचालन हुदै आएको थियो ।

जीप हेफर इन्टरनेशनलले कृषि अनुदानमा निस्दीको गल्धालाई उपलब्ध गराएको थियो ।

फाेटाेः मनु साेतीकाे फेसबुकबाट