जुनतारा युवा क्लब रामपुर ६ पाल्पाको दोस्रो बार्षिक उत्सब सुरु भएको छ । बार्षिक उत्सबको उपलक्ष्यमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता शनिबार देखि सुरु भएको छ ।
दुर्गा मन्दिर बिजयपुर खेल मैदानमा सुरुभयको पहिलो खेल शिलाकोट स्पोर्ट्स क्लव रामपुर ८ पाल्पा र दामाचौर भलिबल बिकास क्लव चापाकोट ८ स्याङ्जा बिच भयको खेलमा दामचौर ८ ले २ सोझो सेटमा जित हात पारेको छ ।
प्रतियोगिता लाई उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी रामपुर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेले खेल जिबनको अभिन्न अङ्ग भएको बताउदै खेल मर्यादित र अनुसासन सिकाउने एक माध्यम भएको बताउनु भएको छ । प्रमुख अतिथी निमित्त प्रमुख प्रशासकिय अधिकृत पाण्डेले एम्पाएरलाइ बल हस्तान्तरण गरि प्रतियोगिता शुभारम्भ गरिएको थियो ।
सल्लाहकार देवराज पङ्गेनिको स्वागत बाट सुरु भएको कार्यक्रममा क्लबका अध्यक्ष राजन आलेको अध्यक्षतामा र सदस्य शुस्मा आलेको सन्चालनमा भएको थियो ।
प्रतियोगिताको राशी पुरुष तर्फ प्रथम पुरस्कार ५० हजार , दोस्रो ३० हजार र तेस्रो १५ हजार रहेको छ भने , महिला तर्फ प्रथम पुरस्कार २०हजार र उपबिजेता १० हजार रहेको छ । कार्यक्रम १४ गते सम्म चल्ने आयोजकले जनाएको छ ।