रामपुरमा अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने

बोलीखबर   २०७९-१०-२५

पाल्पा । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसर पारेर अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

यहि माघ २७ गते देखि हुने `तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला´ को अवसर पारेर आयोजना गर्न लागेको हो ।

यहि फागुन ३ गतेदेखि ७ गतेसम्म हुने अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख ५१ हजार , दोस्रो पुरस्कार १ लाख १ हजार , तेस्रो पुरस्कार ५१ हजार र सान्त्वना धन राशी भएको पुरस्कार रहेको भलिबल प्रतियोगिता रामतुल्सी नमुना मा बि को खेल मैदान बेझाडमा आयोजना गरिएको रामपुर उद्द्योग वाणिज्य संघका महासचिव पुरुषाेतम के सि ले जानकारी दिएका छन ।

भलिबल संघ र रामपुर नगर खेलकुद बिकास समितिको संयुक्त आयोजना र रामपुर उद्द्योग बाणिज्य संघको समन्वयमा अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको रामपुर उद्द्योग वाणिज्य संघका बाणिज्य उपाध्यक्ष बिष्णु बहादुर सारुले बताएका छ्न ।