तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला २०७९ काे अन्तिम तयारीकाे सन्दर्भमा पत्रकार भेटघाट कार्यक्रम

बोलीखबर   २०७९-१०-२६

पाल्पा । तेस्रो रामपुर महाेत्सव तथा व्यापार मेला २०७९ काे अन्तिम तयारीकाे सन्दर्भमा पत्रकार भेटघाट कार्यक्रम भएको छ ।

प्रचार प्रसार उपसमिति संयाेजक बासुदेव ढकालकाे अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल रहनुभएकाे हाे । उहाले मेलामा कृषि प्रदर्शनी सहित करिव तीन सय बढि स्टल दर्ता भएको जानकारी दिनुहुदै कृषिलाई प्रवर्द्धन र बजारिकरण गर्न, स्थानीय कला संस्कृतिको संरक्षण, पर्यटन प्रवर्द्धन, कुटिर साना उद्योगलाई प्रवर्द्धन, कालिगण्डकि उपत्यकाको अवलोकन गर्न हेलिकप्टर, प्याराग्लाईडिङ, संघको बहुउद्देश्यीय भवन निर्माण सहयाेगार्थ मेला अायाेजना गरिएको बताउनुभएको छ । मेलालाई लक्षित गरि सुरक्षा व्यवस्था कडा पारिएको संघका अध्यक्ष तथा मेला मुल अायाेजक समितिका अध्यक्ष ढकालले पत्रकार भेटघाटमा जानकारी दिनुभएको छ । खेलकाे विकास गर्न भलिबल खेल, रामपुर डान्सिङ अाइडल, दाेहाेरि प्रतीगोगीता रहेको छ ।

नेपाल पत्रकार महासंघका पाल्पा शाखा उपाध्यक्ष सिर्जना घिमिरेकाे स्वागतबाट सुरु भएको कार्यक्रमकाे संचालन प्रचार प्रसार उपसमिति सह संयाेजक दुर्गेश मल्लले गर्नुभएकाे हाे । भाेलि देखि फागुन ८ गतेसम्म रामपुरमा व्यापार मेला हुदैछ । भाेलि विहान ११ वजे संघको भवन राताेढिकमा स्थानीय कला संस्कृति, झाकि सहित र्यालि निकालेर बजार परिक्रमा गरि महाेत्सवस्थलमा परिणत गरि उद्घाटन सत्रकाे कार्यक्रम रहेको आयाेजकले जनाएको छ । पत्रकार भेटघाटमा यातायात व्यवस्थापन उपसमिति संयाेजक भाेजराज भट्टराईले मेला अवलोकन गर्न आउने स्थानीयलाई मागकाे आधारमा यातायातको व्यवस्थापन गर्ने बताउनुभएको छ ।