घुम्ती सेवाले गर्दा स्थानीय सेवाग्राहीहरुको खर्च जोगियो ।
पूर्वखोलागाउंपालिकाको आयोजनामामिति २०७९ माघ १९ गते वडा नं ६ हेक्लाङ वाट शुरु गरिएको घुम्ती शिविर कार्यक्रमयहि माघ २६ गतेकादिन वडा नं ३ रिङ्नेरमाआएर सम्पन्नभएको छ । स्थानीयनागरिकहरुलाई आवश्यक पर्ने सेवाहरु घर दैलोमागएरदिने उद्देश्यले संचालनगरिएको उक्त कार्यक्रममा योजना सम्झौतातथा योजनाको फरफारक, व्यवसायदर्ता, नविकरण तथा सुचिकरण, अपांगता भएकाव्यक्तिहरुको पहिचानतथा परिचयपत्रवितरण, गरिव परिवार परिचयपत्रवितरण, पन्जिकरण, स्वास्थ्यतथाआर्युरवेद सेवा, खानेपानीको गुणस्तर परिक्षण लगाएतको सेवाउपलव्ध गराइएको थियो ।
संचालित घुम्ती सेवा कार्यक्रममा ६९ वटा योजना सम्झौतातथा ४ वटा योजनाको फरफारक, १०३ वटा गरिव परिवार परिचयपत्रको वितरण, १५ वटा अपांग परिचयपत्रवितरण गरिएको थियो । त्यसैगरी व्यवसायदर्ता , नविकरण तथा सुचिकरणवाट १ लाख १२ हजार ६ सय साठी रुपैया राजश्व संकलनगरिएको र घुम्ती सेवामाकरिव ६०० जनाले सेवालिएको कुरा पूर्वखोलागाउँ कार्यपालिकाको कार्यालयका योजनाशाखाप्रमुखबिनोद नेपालले वताउनु भयो ।
पूर्वखोलागाउं कार्यपालिकाको कार्यालयकाप्रमुखप्रशासकीयअधिकृत मानवहादुर सारु, योजनाशाखाप्रमुखबिनोद नेपाल, ताहुँप्राथमिक स्वास्थ्य केन्द्रका डा.विवेक पौडेल , स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल, आयुर्वेद औषधालयक ाप्रमुख बिनोद कहार, इन्जिनियर लक्ष्मण न्यौपाने, सव इन्जिनियर देवेन्द्र थापा, ले्खापालदिपककवर, सामाजिकशाखाकाशर्मिलाचौधरी, जिन्सीशाखाका मन वहादुर सारु, कृषिविकास शाखाका सन्तोष कडेल, पन्जिकरण शाखाकाशेर वहादुर थापा,ग्लोवलआइएम इ वैंक पूर्वखोलाकाशाखाप्रमुख सुमन राउत, सोही वैककाराममणी पोख्रेल, टेमन सिं झार्पुलुक, वडा सचिवहरु, वडाका प्राविधीकतथाजनप्रतिनिधीहरुले घुम्तीसेवा कार्यक्रममास्थानीय सेवाग्राहीहरुलाई सेवाप्रदान गर्नुभएको थियो ।
“सानो कामले पनिपालिकाजानु पर्ने र महँगो गाडीभाडा तिर्नु पर्ने हुन्थ्यो तर यो घुम्तीसेवाले घरदैलोमा नै आएर सेवादिएको हुंदा धेरै जनाको गाडीभाडा जोगिएको र घरदैलोमा नै राम्रो सेवापाएको” कुरा वडा न १ सिलुवाकानुनवहादुर खासुले वताउनु भयो । त्यसैगरी वडा नं ४ देविनगर स्थित सोमदिपलिन्दीगैरा मोटरवाटो उपभोक्ता समितिको अध्यक्ष हेमीसरा गाहाले घुम्तीसेवा कार्यक्रमले स्थानीय सेवाग्राहीहरुलाई अन्यन्तफाइदाभएको, योजना सम्झौता गर्न ३ जना नै पालिकामाजानु पर्दथ्यो तर आफ्नै वडामा सेवाप्राप्तभएकोले खर्च वचेको,कर्मचारी र सेवाग्राहीविचको दुरी नजिकवनाएको कुरा वताउनु भयो ।
आवश्यकताको आधारमापालिकाले पुन यस्तै सेवाहरुप्रदानगरि नागरिकहरुलाई सहजै सेवाउपलव्ध गराउने गाउंपालिकाअध्यक्षश्री नुनवहादुर थापाले वताउनु भयो ।



