पाल्पा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संगठन र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको संयुक्त आयोजनामा बिहिवार शान्तिपूर्ण बिरोध आन्दोलन तथा ध्यानाकर्षण पत्र बुझाएको छ ।
कास्की जिल्ला प्रशासन अगाडि कोणसभा गरि सम्पुर्ण ट्याक्सी ब्यबसायी, मजदुरहरुको विभिन्न मागहरु सहित आयोजना गरिएको कार्यक्रमको अध्यक्षता नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका गण्डकी प्रदेश अध्यक्ष बिस्णु खत्रीले गर्नुभएको थियोे ।
ट्याक्सी सेवा प्रा.लिका अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ट्याक्सी तर्फको बर्गिय संयोजक प्रकाशमणी तिवारीले सार्बजनिक यातायातमा लागू गरिएको २० बर्ष आयु तत्काल खारेज गरि देशको ढुकुटी देशमै रहने बाताबरण सिर्जित गरि स्वरोजगार यातायात मजदुरहरुलाई देशमै रोजगारको बाताबरण सिर्जना गर्न सरकार समक्ष माग राख्नुभएको थियो ।
साथै विभिन्न गैरकानुनी एप हरु लाई कारवाहिको लागि जोडदार चुनौती दिदै यातायात मजदुर हरुको हक अधिकार र जायज मागका निम्ति आफू र आफ्नो संस्था हरकदम मजदुर संगठन हरु सङ्ग हातेमालो गरि अघि बढ्ने बताउनु भएकाे थियाे ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संगठन र नेपाल यातायात मजदुर संगठन द्वारा नेतृत्व गरिएको ध्यानाकर्षण पत्र बुझाउने तथा शान्तिपूर्ण बिरोध आन्दोलन कार्यक्रममा एक्यवद्धता जनाउदैँ पोखरेली ट्याक्सी सेवा प्रा लि अन्तर्गतका सेवा केन्द्रहरु बाट उल्लेख्य ट्याक्सी ब्यबसायी चालकहरुको उपस्थिति रहेको कार्यक्रम सञ्चालन अखिल नेपाल यातायात मजदुर संगठन प्रदेश सचिब अर्जुन पौडेल गरेका थिए ।
मजदुरहरुकाे माग सम्बोधन नभए ३ गतेदेखी आन्दोलन गरिने कार्यक्रम तय भएको पोखरेली ट्याक्सी सेवा प्रा.लि अन्तर्गत लखनचोक ट्याक्सी सेवा केन्द्रका सचिव ट्याक्सी चालक जितु परियारले जानकारी दिनुभयो ।


