
पाल्पा । पाल्पाको रामपुरमा तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ आज देखि विधिवत रुपमा सुरु भएको छ ।
रामपुर उद्योग बाणिज्य संघ रामपुर पाल्पाको आयोजनामा भएको महोत्सव आज विभिन्न पराम्परागत झाँकी सहितको शोभा यात्रा निकालिएको छ ।
आार्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार भन्ने मुल नाराका साथ सुरु भएको शोभा यात्रामा विभिन्न संघ संस्था क्लव, आमा समूह, टोल विकास संस्था गरी आफनो पराम्परागत पहिरनमा सहभागि भएका थिए ।
शोभा यात्रामा ८७ समूह भन्दा बढी समूहहरुको सहभागिता रहेको झाँकी ब्यवस्थापन उपसमितिका संयोजक राजु रायमाझीले बोलीखबरलाई बताएका छन् ।


शोभ यात्रा रामपुर उद्योग बाणिज्य संघको कार्यालयबाट सुरु भई बेझाँड बजार परिक्रमा गरी महोत्सव स्थलमा पुगेर समापन भएको थियो । मेलामा सहभागि भएका झाँकी प्रर्दशन तस्बिरमा ।














