शिला आले ‘मगर भाषा’ सहितकाे इन्ट्रीसंगै, राजु परियारकाे धमाकेदार प्रस्तुती (तस्बिरमा)

बाेलीखबर   २०७९-१०-२८

पाल्पा । रामपुरमा जारी ‘तेस्रो रामपुर महोत्सब तथा ब्यापार मेलाकाे दोस्रो दिन लाेक तथा दाेहाेरी गायक राजु परियारले आमाहरुलाई सम्झदै एकाएक महोत्सबका दर्शकलाई तताए । उता लाेकदाेहाेरी गायिका शिला आलेले भने सुरू देखिनै मगर भाषा बाेलेरै आफनाे ध्यान केन्द्रित गर्न भरपुर प्रयास गरेकी थिइन ।

गायक राजु परियारले १६ बर्ष पछि पाल्पाको रामपुरमा आफ्नो प्रस्तुति दिन आएका राजु परियारले “डाली पलाउने, भेटेसी छुट्टिन मनै नलाउने” “सुर्ती जर्धाले जान्छौ कि जान्नौ है आट्यो मर्दले” लगायतका गीत गाउदा दर्शक महोत्सव स्थलको ठाउँ-ठाउँमा नाचेका थिए ।

परियारले “सुनपानीले छर्क मायाले” गीतको परिबेश भन्दा समाज धेरै अघि गएको बताए । त्यो समय यो गीत निकै सार्थक थियो त्यो सिर्जनाको भाव एदाकदा होला तर अब समाज धेरै सुधार भएकोले “अब शिक्षा र समाज विकासको कुरा गर्नु सार्थक रहेको बताएका थिए । सुनपानीले छर्कमायालु गीत आफुले गा भनेर गाए तर अब समयले नगा भन्छ” उनले समाजमा दलित समुदायको प्रतिनिधित्व र अबसर प्रति लक्षित गर्दै उनले भने ।

मेलाको दोस्रो दिन लोक गायिका शिला आलेले एकल र दोहोरी गीत प्रस्तुत गर्नु भएको थियो । आलेले ‘खैजडीको ताल कान्छा, रुवाउने हँसाउने रैछ मायाँ जाल’, ‘गोरखा मनकामना’, ‘उज्यालो भएको छैन, झुक्यायो जुनपापी ताराले’ लगाएतका भाका प्रस्तुत गरेकाे थियो । साँझ पख शनिबार गायक दिनेश ढकालले “कालो केशमा रेलिमै’, ‘टुङ्गनाको धुनमा’ लगाएतका भाका मार्फत दर्शकमझ प्रस्तुत गरेका थिए ।

दोस्रो दिन झण्डै १२ हजार बढी दर्शकहरुले मेलाको अवलोकन गरेको रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिएका छन् । शनिबारको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । लोक गायक राजु परियार, गायिका शिला आले, संघका महासचिव खिम बहादुर केसी सहितको लाईभ दोहोरी रहेको थियो । साथै कार्यक्रममा नृत्यकार साहिर केसी, गिता रोका मगर सहित स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

यस्तै भोली मेलामा चर्चिक लोक तथा दोहोरी गायक पशुपति शर्मा, चन्द्र शर्मा, गायिका जमुना राना, हास्यकलाकार पुरषोत्तम भण्डारी पुर्खे बाको प्रस्तुति रहने आयाेजकले जनाएकाे छ ।