पाल्पा । ‘तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला-२०७९’ को आज चौथो दिन मेला स्थल दर्शकहरुको घुँईचो लागेको थियो । जनयुद्ध दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको बैठकको निर्णयले आज सार्वजनिक विदा हुनुले दर्शकहरुको भिड लागेको हाे ।
आज बालकलाकार सुप्रिम मल्लको प्रस्तुति रहने भनिएता पनि दर्शकहरुको माग अनुसार एउटा गित मात्र गाएर थिए । उनले आज मेरो ब्यस्तताका कारण समयमै आउन नसकेकाले भोली (फागुन २ गते) अाफनाे प्रस्तुती हुने बताएका छन् ।
आज सार्वजनिक विदा भएकाले १५ हजार भन्दा बढी दर्शकहरुले अवलाेकन गरेकाे प्रचार प्रसार बिभाग संयाेजक बासुदेव ढकालले बाेलीखबर लार्इ जानकारी दिएका छन् ।

आज महोत्सवको टिकट विक्री कक्ष देखि व्यापारिक स्टल, बाल उद्यान, साँस्कृतिक कार्यक्रम स्थलमा भिड लागेको थियाे । व्यवस्थापन समितिका संयोजक एवं रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष भरतराज देवकोटाले जानकारी दिनुभयो ।
आजको लोकदोहोरी गायक मोहन खड्का, दोहोरी च्याम्पियन गायक प्रकाश पराजुली, गायिका आरती रुचाल, हास्यकलाकार नीर आले मगरको प्रस्तुति रहेको थियो ।
भाेली फागुन (२ गते) आधुनिक गायिका एलिना चाैहान, बाल कलाकार सुप्रिम मल्ल, देउडा गायक सुरेश शाही, लाेक दाेहारी गायिका शान्ति हाेटेल, लाेक दाेहाेरी गायक कुशल वेलवासे रहने आयाेजकले जनाएकाेछ ।









