प्रणय दिवसको दिन एलिनाले जब ‘धोकेबाज’ भन्दै स्टेज चढेपछि… (फाेटाे/ भिडियाेमा)

बाेलीखबर   ३ फाल्गुन २०७९, बुधबार ०९:५४

पाल्पा । पछिल्लो समय आफ्नो प्रस्तुतिले चर्चामा रहेकी गायिका एलिना चौहानले प्रणय दिवसको दिन जब ‘धोकेबाज’ गाउन थाले पाल्पाली दर्शकको धकेलाधकेलले प्रहरी र स्वंयम्सेवकलाई समेत हम्मे हम्मे परेको थियो ।

‘प्रणय दिवस’को दिन एलिना चौहान आउने चर्चासँगै पाल्पाको रामपुरमा जारी महोत्सव पुगेका दर्शक चौहानको प्रस्तुतिलाई पर्खिएका थिए । सञ्चालकले मञ्चमा एलिनालाई बोलाए लगत्तै दर्शकको हुटिङ शुरु भएको थियो । मंगलबारको मुख्य प्रस्तुति रहेको चौहानको कति रोए म तिम्राे लागिबाट गायन शुरु हुदै धोकेबाज नछोड्ने गरि अन्तरा गाउदा दर्शकको चिच्यावट चारैतिर फैलिएको थियो ।

प्रणय दिवसमा प्रेम सम्बन्धी गितहरु गाउने बताउँदै चर्चित बनाएको ‘धोकेबाज’ नछुटाउने बताएकी चौहानले ‘तिम्रो मायाँले बाँधेर राख’, ‘तिम्रै मायाँ लाग्छ बरिलै’ हुदै ‘धोकेबाज’ गाउन शुरु लगत्तै दर्शक दिर्घाबाट धोकेबाज गित अनन्त गुञ्जिरहदा चौहानले आफुले गाउनै नपर्ने गरि गीत दर्शकले गाएको बताईन ।

मञ्च सुरक्षाको लागि बनाएको तारबार र जालीमा झुम्मिएका दर्शले बार नै भत्काएर नाघेर अघि बढ्ने जस्तै गरि चौहानलाई ‘धोकेबाज’ मा साथ दिएका थिए ।

रात पर्दै गर्दा मञ्च तताएकी चौहानको प्रस्तुतिमा सुरक्षाकर्मीलाई सुरक्षामा हम्मे हम्मे परेको थियो । बाँसका खामा गाडेर तारजाली लगाइएको भागमा दर्शक दिर्घाको भिडभाडले ढल्ने जोखिम हुँदा ठुलो सुरक्षाकर्मी र आयोजक खटिएका थिए ।

चौहानले ‘के मायाँ लाग्छ र’, ‘गोदावरी बारी संगै बसौ न’, ‘तिमी जस्ता केटाको बुढी भैदैन’, ‘मिलिरल वाटर’ लगाएतका सबै गीतमा दर्शकले झुमेर साथ दिएका थिए ।

चर्चित बालकलाकार सुप्रिम मल्लको गायनलाई पर्खिएका दर्शकले सुप्रिमलाई मिठो साथ दिए । सोमबारदेखि नै सुप्रिमको प्रस्तुति पर्खिएका दर्शक उनको मञ्चबाट गीत प्रस्तुत गरिरहदा मरिहत्ते गरी गितमा झुेमका थिए ।

मल्लले ‘परान बाँकी छ बाट स्टेजमा गायन शुरु गरि आमाहरुको लागि ‘फापरको पिठो’ गित गाउँदा दर्शकहरुको हुटिङले महोत्सव स्थल गुञ्जायमान बनेको थियो ।

लोकदोहोरीमा पोख्त डोटेलले ‘पैला नम्बर सुन’ गीतबाट गायन शुरु गरेकी थिईन । रामपुरको माटोमा जन्मिएकी हुर्किएकी शान्तीले ‘रुदै छु म रामपुर फाटैमा, अबभेट मसानघाटैमा..’ चोली गुनियो खैके हुने हो’ रोइला गीत ‘फर्किदैन उमेर’ लगायतका गीत प्रस्तुती दिईन ।

कार्यक्रममा लोकदोहोरी गायक कुशल वेल्वासेको पनि बेजोड प्रस्तुति रहेको थियो । वेलवासेले ‘सनिसार’,‘हातैका पैजाले’, ‘रानीफूल बसायो’ ‘रातो घलेकीमा’लगायतका गीतबाट दर्शकलाई मनोरञ्जन दिएका थिए ।

रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षकत्वमा चलिरहेको महोत्सवमा लोकदोहोरी प्रतियोगिता, नृत्य प्रतियोगिता सँगसँगै चलिरहेको छ भने जिल्ला स्तरिय भलिवल प्रतियोगिता बुधबारदेखि शुरु हुनेछ ।

संघको बहुआयामिक भवन निर्माण, आर्थिक क्षेत्रलाई चलायमान र कालीगण्डकी बेशी क्षेत्रको पर्यटन प्रवद्र्धन, कृषक तथा उद्योगी व्यवसायीहरु प्रोत्साहन गर्नको आयोजित मेलाको छैठौं दिन आज राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु खेम सेन्चुरी, अलिप खान, कला लम्साल, सुमन केसी, कमला गैरे, संञ्जिव सिं रानाको प्रस्तुति रहनेछ ।

भिडियाेमा…