पाल्पा । पाल्पामा जारी तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको छैठौं दिन बुधबार चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरीले दर्शकलाई भरपुर मनोरञ्जन दिए ।
जब सेन्चुरी ‘छ्याप्पै मायाँ लाईलाई’ भन्दै स्टेच चढेपछि दर्शकहरु हुटिङ्ग र तालीले महोत्सव स्थल गुन्जायमन बन्यो ।
पछिल्लो समयमा चर्चित बनेका गायक सेन्चुरीले धमकेदार प्रस्तुतिमा दर्शकहरु धुलो उदाउँदै नाचेका थिए ।

सेन्चुरीको पर्खाईमा दिनभर विताएका दर्शकहरु सेन्चुरीको प्रस्तुतीसंगै उनीहरुले संग संगै गित गाएर साथ दिएका थिए ।
पहिलो पटक पाल्पाको रामपुर आएका सेन्जुरीले महोत्सवमा आधा दर्जन बढी गित प्रस्तुत गरेका थिए । उनले ‘जिन्दगानी छोटो छ’, ‘छ्याप्पै मायाँ लाईलाई’, ‘रमरम मारुती’, ‘सोचे झै जिन्दगी रैन छ’, ‘झ्यालमा पर्दा छ’ र ‘सुर्ती मड्दा माड्दै मादै गयो जीवन’ लगाएतका गितहरु राख्दै गर्दा मेलामा आएका अधिकांश दर्शकहरु संग संगै गाउँदै नाचेका थिए ।

सेन्चुरीको भाकामा रम्नेहरुको धकेलाधकेलले मञ्च वरपरको घेराबार जोगाउन निकै मुस्किल भएको थियो । आयोजक र सुरक्षाकर्मीहरुले पटक पटक आग्रह गरेपनि घेराबार ढक्याउँदै उफ्रीदै नाच्नेहरुको भिड उस्तै थियो । दर्शकहरुले हरेक गितमा वान्समोर संगै हुटिङ्ग लगाएका थिए । उनले दर्शकहरु माझ पुगेर गाउँदै गर्दा दर्शकहरु निकै उत्साहित बनेका थिए ।
बुधबार कलाकार राष्ट्रिय लोक तथा दोहोरी गायक सेन्च्युरी संगै लोकदोहोरी गायिका कला लम्साल, सुमन केसी, अलिफ खाँन, आधुनिक गायम सन्जिब सिं राना सहित स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

यस्तै आज विहिबार महोत्सवमा राष्ट्रिय लोक तथा दोहोरी गायक शिव हमाल, आधुनिक गायक हिमाल सागर, लोकदोहोरी गायक रुपेश कार्की, लोकदोहोरी गायिका सकुन्तला गैरे, कोपिला न्यौपाने लगाएतको उपस्थिति रहने रामपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

बुधबारको कार्यक्रम रम्भागाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो ।
रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा फागुन ८ सम्म सञ्चालन हुनेछ ।


