रामपुर नगरपालिकले दियाे फागुन १५ गते सार्वजनिक विदा

बाेलीखबर   २०७९-११-०८

पाल्पा । रामपुर नगरपालिकाले आगामी फागुन १५ गते सार्वजनिक विदा दिने भएको छ । नगरपालिकाले राष्ट्रिय मगर एकता दिवसका अवसरमा उक्त दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

विगत केही बर्ष देखि निरन्तर रुपमा दिंदै आएको फागुन १५ गते विदालाई निरन्तरता दिने भएको हो । सो दिन यस क्षेत्रमा बसोबास गर्ने मगर समुदायले उत्सवको रुपमा मनाउने भएकोले कार्यापालिका बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । उक्त दिन विद्यालय लगाएत नगरपालिका मातहतका सम्पूर्ण कार्यालयको  सेवा बन्द हुने उहाँले बताउनुभयो ।

फागुन १५ लाई यस क्षेत्रमा बसोबास गर्ने मगर समुदायले विभिन्न सांस्कृतिक झाँकी सहित भव्यताका साथ मनाउने गर्दछ । यस बर्ष पनि एकिकृत मगर उत्थान समाज रामपुर पाल्पा र नेपाल मगर संघको संयुक्त आयोजनामा राष्ट्रिय मगर एकता दिवस मनाउने तयारी रहेको एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाका सहअध्यक्ष नरेन्द्र कुमार जर्घाले जानकारी दिनु भएको छ ।

तस्बिरः फाइल