पाल्पा । रामपुरमा संचालित ‘तेस्राे रामपुर महोत्सव तथा व्यापार मेला-२०७९’ साेमबार भब्यताका साथ सम्पन्न भएकाे छ ।
मेलाको अन्तिम दिन सोमबार पनि मेला स्थलमा झण्डै १५ हजार बढी दर्शकले भरिभराउ थियो । गएको माघ २७ देखि रामपुरमा सुरु भएको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा अन्तिमका केही दिन किनमेल गर्ने तथा रम्न पुगेकाहरुको संख्या बढी थियो । ३०० स्टल, बालउद्यान, २२ होटेल होटल तथा रेष्टुरेण्ट, व्यापारिक स्टल, फोटो प्रदर्शनी सांस्कृतिक कार्यक्रम, भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता र लोकदोहोरी प्रतियोगिता मेलाका मुख्य आकर्षण थियो ।
महोत्सव समापनका दिन प्रतिनिधि सभा सदस्य तथा उद्योगपति विनोद चौधरीले रामपुरलाइ राजनितिक र विकासलाई उद्यम र व्यवसायिकसँग र यी दुबैलार्ई आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका थिए ।
चाैधरले रामपुर क्षेत्र संभावना भएको उपत्यका रहेकोले यहाँको औधोगिक विकास र पर्यटकीय क्षेत्रमा काम गर्न उत्साही हुनुपर्ने बताएका थिए ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता चौधरीले अबको आर्थिक क्रान्तिको लागि युवालाई उद्यम, आर्थिक उपार्जनमा जोड्न र व्यवसाय चलायमान गराउन यस्ता संघ महोत्सव र अभियान सार्थक हुने बताए।
लुम्बिनी प्रदेश सभा सदस्य तथा रामपुर उद्योग वाणिज्य संघका सल्लाहकार राजु प्रसाद श्रेष्ठले कालीगण्डकी उपत्यकाको विकासमा सहकार्य आबश्यक रहेको बताएका थिए । श्रेष्ठले भवन निर्माणको लागि लुम्बिनी प्रदेश सरकार मार्फत पहल गर्नेछु । रामपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवले रामपुरलाई थप चिनाउन र व्यवसायलाई चलायमान बनाउन सफल भएको बताए ।
रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्राकृतिक सौन्दर्यले भरिपूर्ण रामपुर संगै कालीगण्डकी उपत्यकाको विकासको लागि तिनै तहका सरकार संग समन्वय गरेर अघि बढ्नु पर्ने बताएका थिए ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष ढकालको अध्यक्षतामा भएको समापन समारोहमा संघका वाणिज्य उपाध्यक्ष विष्णु सारुले धन्यवाद ज्ञापन दिएका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव पुरुषोत्तम केसीले गरेका थिए ।
मेलाको अन्तिम दिन पाल्पाली लोक तथा दोहोरी गायक पुष्कल शर्मा, माधव भण्डारी र तनहुँकी गायिका सिर्जना आलेको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । गायक शर्माकाे प्रस्तुतिमा दर्शकहरुको हुटिङ्ग गर्दै नाचेका थिए । मेलामा वान्समोर पाएका पुस्कलले पुनः गीत गाए भने अधेर हुदै जादा पुनः वान्स मोर भनेपनि प्रहरीले युवाहरुलाई संयमित बनाएको थियो ।
मेला अवलोकनका लागि गण्डकी वेशीका पाल्पा, स्याङ्जा, तनहुँ, नवलपुर, नवलपरासी, रुपन्देही, लगाएत विभिन्न जिल्लाबाट दर्शकहरु आएका थिए । रामतुलसी नमुना माविको खेल मैदानमा भएको मेला रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षणमा सञ्चालन भएको थियो ।

संघको बहुउद्देश्य भवन निर्माण, कोरोना महामारीले धरासायी बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन, कालीगण्डकी बेशी क्षेत्र पहिचान संगै पर्यटन प्रवद्र्धन, कृषक तथा उद्योगी व्यवसायीहरु प्रोत्साहन गर्नको लागि मेलाको आयोजना गरिएको हो ।


