पाल्पा । नेकपा एमाले पाल्पा जिल्लाको निस्दी गाउँ पालिका वडा न . ५ को कठैडाँडामा मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान २०७९) अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ।
नेकपा एमाले निस्दी गाउँ पालिका वडा न ५ वडा कमिटिको आयोजनामा मिसन ग्रासरुट अन्तर्गत अभिमुखिकरण कार्यक्रम आजदेखी सुरु भएको छ । निस्दी गाउँ पालिका वडा न ५ का वडा कमिटी अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीको अध्यक्षता र नेकपा एमाले पोलिट ब्यूरो सदस्य गोकुल घर्ती मगर को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

पार्टी सुदृढीकरण तथा बिस्तार अभियान कार्यक्रम अन्तर्गत देश भरकै जिल्लाका हरेक ठाँउमा पुगि पार्टीका गतिविधिहरुलाई झन तिब्र रूपमा बिस्तार गराउने र ती ग्रासलेबल जो पार्टीका लागि महत्त्वपूर्ण अनि अपरिहार्य छन तिनीहरुको आवाज सुन्ने र बुझाउने उध्देस्यका साथ सुरुवात गरिएको कार्यक्रम हो मिसन ग्रासरुट, कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य गोकुल घर्ती मगर, नेकपा एमाले प्रदेश कमिटी सदस्य बुध्दिराज गौतम, नेकपा एमाले प्रदेश कमिटी सदस्य मित्रलाल कडेल, जिल्ला कमिटी सदस्य तथा रामपुर नगर इन्चार्ज राजेन्द्र प्रसाद लम्साल, जिल्ला कमिटी सदस्य तथा रामपुर नगर सह- इन्चार्ज दुर्गा देबि राना, जिल्ला कमिटी सदस्य सन्जु देबि परियार लगाएतले मिसन ग्रासरुट अन्तर्गत रहेर आ-आफ्ना भनाइ हरु राख्नुभएको थियो।
निस्दी गाउँ पालिका वडा न ५ वडा कमिटी सदस्य यम बहादुर आलेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन वडा कमिटी सचिब पिलेन्द्र ठाडाले गर्नुभएको थियोे ।


