रामपुर नगरपालिका वडाहरुमा मेलमिलाप केन्द्र स्थापना

बाेलीखबर   २०७९-११-१९

पाल्पा ।  रामपुर नगरपालिका भित्रका १० वटै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना भएको छ । सोही अन्तर्गत मेलमिलाप केन्द्र अनुगमन तथा छलफल कार्यक्रम रामपुर नगरपालिका वडा न ४ मा सम्पन्न भएको हाे।

हाम्रो समस्या, हाम्रै समाधान : मेलमिलाप भन्ने मुल नाराका साथ गठन भएकाे मेलमिलाप केन्द्रले मुद्दा  वा बिबादका पक्षहरु बीच सहजकर्ताको रूपमा कार्य गर्ने छ ।  गत बर्ष प्रत्येक वडामा तिनवटा कुर्सी र एउटा टेबल नगरपालिकाले हस्तान्तरण गरि वडा स्तरीय मेलमिलाप केन्द्र स्थापना गरिएको थियो।

मेलमिलाप केन्द्र अनुगमन तथा छलफल कार्यक्रमको संयोजक रामपुर नगरपालिका उप- प्रमुख बालकुमारी थापाले रामपुर नगरपालिका भित्रका वडामा आएका विवाद , मुद्दा र समस्या समाधानका लागि आएका निवेदन पहिले नगरपालिकामा दर्ता गरी रामपुर नगरपालिका भित्रका सुचिकृत १९ जना मेलमिलाप कर्ताहरु मध्ये जस्लाइ रोजिन्छ उनीहरु मार्फत समस्या समाधान गर्न सकिने बताउनुभयो । उहाँले आगामी दिनमा वडाका केन्द्रहरुको उचित ब्यबस्थापनमा नगरपालिका सदैब लागिपर्ने कुरामा जोड दिदै नगरपालिका भित्रका सुचिकृत मेलमिलाप कर्ताहरुको विवरण, विवाद निरुपणका क्षेत्राधिकार सम्बन्धि सामाग्री हस्तान्तरण समेत गर्नुभएको थियोे ।

रामपुर नगरपालिका न्यायीक समिति सदस्य तथा वडा न. ४ को वडा सदस्य सिमा देबि थापा , ४ न. वडाको सुचिकृत मेलमिलापकर्ता सन्जु देबि परियारले वडामा भएको मेलमिलाप केन्द्र प्रयोग संगै वडामा अहिलेसम्म आएका विवाद सम्बन्धि भनाइ राखिएको कार्यक्रमको संचालन मेलमिलापकर्ता पुजा परियारले गर्नुभएको थियो।