रामपुर उधोग वाणिज्य संघद्वारा महोत्सब स्थल सरसफाई

बाेलीखबर   २०७९-११-२०

पाल्पा । रामपुर उधोग वाणिज्य संघ को आयोजनामा रामतुलसी माध्यामिक बिद्यालयको खेलमैदानमा आज मेला परिषरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

“आर्थिक समृद्धिका लागि उधोग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार” भन्ने मुल नाराका साथ आयोजना गरिएको `तेस्रो रामपुर महोत्सव तथा ब्यापार मेला-२०७९´ परिषरमा मेला आयोजनाका समयमा भएका फोहरमैला ब्यबस्थापन तथा सरसफाइ गर्ने हेतुले कार्यक्रम गरिएको हो।

सरसफाइ कार्यक्रममा रामपुर सुरक्षा बेस क्याम्प, इलाका प्रहरी कार्यालय, उधोग वाणिज्य संघका पदाधिकारी, मिडियाकर्मीहरुको पुर्ण सक्रिय सहभागिता रहेको थियो।

सरसफाई कार्यक्रममा रामपुर उधोग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले कार्यक्रम आयोजना गरिसकेपछी त्यो ठाउँमा आयोजक फर्केर पनि प्रवृत्ति बढिरहेको बेला मेला आयोजना गरिसकेपछि त्यसबाट भएका फोहरहरुको ब्यबस्थापन गर्नुपर्ने बताउनु भयो। उहाले हामिले उपभोग गरिसकेपछि त्यस्को उचित ब्यबस्थापन गर्नु मानबिय दायित्व रहेको बताउनुभयो ।