रामपुरकाे तालपोखरामा नब बर्ष २०८० बिशेष कार्यक्रम हुने

बाेलीखबर   ४ चैत्र २०७९, शनिबार १०:४१

पाल्पा । पाल्पाको रामपुरमा तालपोखरा संरक्षण समिति रामपुर पाल्पाले नब बर्ष २०८० बिशेष कार्यक्रम सम्बन्धि पत्रकार भेटघाट कार्यक्रम गरेको छ।

पोखरा संरक्षण समितीका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षतामा भएकाे पत्रकार भेटघाट कार्यक्रम नेपालको सयौं पर्यटन क्षेत्र अन्तरगत परेको तालपोखरामा नजिकिदै गरेको नव बर्ष विशेष कार्यक्रम आयोजना सम्बन्धि पत्रकार भेटघाट कार्यक्रम गरिएको हो।

आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उदृेश्यले ख्यातिप्राप्त कलाकारहरु सहितकाे साँस्कृतिक कार्यक्रम बैशाख १ र २ गते गर्न लागेकाे हाे । कार्यक्रमबाट संकलन भएको रकमबाट तालपोखरामा ट्रस्ट निर्माण गर्ने कार्यक्रमका अध्यक्ष भरतराज देवकोटाले जानकारी दिनुभयो।

कार्यक्रमलाई लक्षित गरी काठ र फाईवर बाट बनेको ५ वटा डुङ्गा सञ्चालनमा रहेकोमा तालपोखरा संरक्षण समितिले अहिले २ वटा र्याफ्टिङ गर्न मिल्ने डुङ्गा थप गरिएको उहाँले बताउनुभयो । २ दिन सम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायक बद्री पंगेनी, बसन्त थापा, राजन कार्की, अर्जुन सापकोटा, गायिका मञ्जु पौडेल, कला लम्साल, तुलसा जिसी सहित नृत्यकार वर्षा क्षेत्री र सृष्टि विश्वकर्माको प्रस्तुति रहने छ ।

उपाध्यक्ष मित्रा ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उपस्थित पत्रकारहरुले कार्यक्रम आयोजना ,त्यसबाट तालपोखरा संरक्षणमा अपेक्षा गरिएका प्रत्यक्ष लाभ र चुनौती सम्बन्धि प्रश्नहरू उठाइएको थियाे । कार्यक्रमको सन्चालन तालपोखरा संरक्षण समितिका सचिव जनक भण्डारीले गर्नुभएको थियो।