मदर्शा नुरुलहुदा प्राथमिक बिद्यालयको दुई कोठे ट्रस भवन उद्घाटन

बोली खबर   २०७९-१२-०५

मदर्शा नुरुलहुदा अहलेसुन्नत प्राथमिक बिधालय रामपुर ४ को दुई कोठे ट्रस भवन समुद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

भवन समुद्घाटन तथा सम्मान कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष अजिम शेख को अध्यक्षता र रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतित्यतामा कार्यक्रम भएको हो।

जिल्ला शिक्षा समन्वय इकाई बाट प्राप्त १६ लाख अनुदान र १ लाख ५७ हजार ३ सय २६ जनश्रमदान गरी २०७७ मा १७ लाख ५७ हजार ५ सय ८६ को लागतमा भवन निर्माण भएको हो।

जिल्ला शिक्षा समन्वय इकाईको अनुदानमा निर्माण भएको भवनको शनिबार एक समारोहका विच उट्घाटन गरिएको हो । भवनको उट्घाटन गर्दै रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले समाज रुपान्तरण संगै विकासको लागि चेतनाको आवश्यक रहेको भन्दै त्यसका लागि शिक्षा अपरिहार्य रहेको बताउनुभयो । थापाले संस्कार संगै चेतनाको लागि धार्मिक विद्यालयले खेलेको भुमिकाको चर्चा गर्नुभयो । साथै नगरपालिकाले विद्यालयका लागि आवश्यक पूर्वाधार निर्माणमा आवश्यक साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले विद्यालयलाई कस्तो बनाउने भन्ने कुरा समाजमा निर्भर रहने उल्लेख गर्दै विद्यालयको गुणस्तर कायम राख्नका लागि केन्द्रित हुन आग्रह गर्नुभयो । साथै उहाँले सबैको साथ र सहयोग बाट मात्र संस्कार सहितको उत्कृष्ट विद्यालय निर्माण सम्भव हुने बताउनुभयो । रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले शिक्षाको लागि भौतिक पूर्वाधार एक महत्वपूर्ण पक्ष रहेको र अब प्रविधि मैत्री व्यहारिक शिक्षामा ध्यान दिने समय आएको बताउनुभयो । रामपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष राम बहादुर रानाले सामाजिक सद्भाव कायम संगै चेतना अभिवृद्धिमा विद्यालयले खेलेको भुमिकाको चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्ले, विद्यालयका पूर्व अध्यक्ष हमिद मियाँ, ईस्लामिक सक्रिय युवा समाजका अध्यक्षसहादत हुसेन, रामतुलसी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक पूर्णचन्द्र घिमिरे, विद्यार्थी फातुमा खातुन, साहिद शेख र आदित अलीले आफ्ना भनाई राख्नु भएको थियो ।

२०६७ सालमा चन्दा संकलन गरि सुरु गरिएको स्कुलमा ५ जना सरकारी शिक्षक र अरु निजि श्रोतका शिक्षक रहेकाछन । ३ वटा भवन ११ वटा कोठा रहेकाछन,

बिद्यालय ब्यबस्थापनको संस्थापक अध्यक्ष हजिलदिन मियाको स्वागत बाट सुरु भएको कार्यक्रमको सन्चालन शिक्षिका निर्मला अर्यालले गर्नुभएको थियो ।