धार्मिक तथा पर्यटकिय क्षेत्र कालिगण्डकिकाे तटमा रहेको केलादिधाममा ज्येष्ठ नागरिकले धार्मिक अवलोकन भ्रमण गर्नुभएको छ । तानसेन नगरपालिका वडा नं ९ काे ६८ वर्ष माथिका ११० जना ज्येष्ठ नागरिकलाई केलादि, रामपुरकाे गाैशाला, तालपाेखरा, दुर्गामन्दिर लगायतका क्षेत्रकाे अवलोकन भ्रमण कार्यक्रम अायाेजना गरेको तानसेन ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले जानकारी दिनुभएको छ । केलादिमा थप संरचना विस्तार गरि याे क्षेत्र नेपालकै महत्त्वपूर्ण धार्मिक पर्यटन क्षेत्र बन्ने वडाध्यक्ष अर्याल बताउनुहुन्छ ।
चापाकाेट नगरपालिका वडा नं ६ का वडाध्यक्ष तारा पाेखरेलले केलादिधाम क्षेत्रलाई छनाैट गरि अवलोकन भ्रमण गर्न अाएकाेमा सबैलाई धन्यवाद दिनुभएको छ । राधादामाेदर नेपाल निम्वार्क पिठका सचिव घनश्याम खनालले केलादिकाे ऐतिहासिक तथा वर्तमान अवस्थाबारे जानकारी गराउनु भएको हाे । मन्दिरका महन्त गाेपाल शरण उपाध्यायले अवलोकन भ्रमण टाेलिलाई अाशिर्वाद दिदै भ्रमण गर्न अाएकाेमा धन्यवाद व्यक्त गर्नुभएको छ ।
रामपुर नगर गाैशालाका अध्यक्ष हुमनाथ न्याैपानेले रामपुर क्षेत्रमा छाडा छाडिएका र उत्पादन दिन छाडेपछि हेयका रूपमा हेरिने गाईलाई संरक्षण गर्दै गाैशाला निर्माण गरिएको जानकारी गराउनु भएको छ । गाैशालामा १५४ वटा गाई व्यवस्थापन गरेर राखिएको छ । रामपुर नगरपालिका वडा नं ६ स्थित कालिगण्डकि नदि तट ताताेपानिधाममा गाैशाला निर्माण गरि संचालनमा ल्याइएको छ ।





