पाल्पा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ ।
देशभरिका ६० आङ्गिक क्याम्पस र एक हजारभन्दा बढी सम्बन्धन क्याम्पसमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।

शहिद बहुमुखी क्याम्पस रामपुर, पाल्पामा पनि मतदात सुरू भएकाे छ । ७८२ जना विद्यार्थी रहेकाे शहिद बहुमुखी क्याम्पसमा सत्ता गठबन्धनबाट नेपाल बिद्यार्थी संघ (नेविसंघ)का ल्याकत अलि तथा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काे सन्देश ढकाल स्ववियु सभापतिका लागि चुनावी मैदान छन् ।

स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।
मतदान अपराह्न चार बजेसम्म जारी हुनेछ । निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।





