पाल्पाको रामपुरमा छुवाछूत तथा कुरिती विरुद्धको सचेतनामुलक कार्यक्रम सप्पन्न भएको छ। पाल्पाको रामपुर नगरपालिका वडा नं ४ को वडा कार्यालयको हलमा रामपुर नगरपालिकाको आयोजनामा कार्यक्रम भएको हो ।
रामपुर नगरपालिका वडा नं ४ को वडाअध्यक्ष राम बहादुर रानाको अध्यक्षता र रामपुर नगरपालिका उप- प्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
समाजमा जकडिएर रहेका कुरिती , कुसंस्कार अनि प्रबल मात्रामा यथावत नै रहेको छुवाछूत निर्मुल गरि सभ्य समाज रुपान्तरणमा जोड दिन आम नागरिकले पुर्याउनुपर्ने ध्यान र चाल्नुपर्ने कानुनी प्रक्रियाका बारेमा बुझाउने उद्धेश्यले आयोजना गरिएको सचेतना कार्यक्रममा प्रशिक्षक अनिल खनालले सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथी नगर उप- प्रमुख तथा न्यायीक समिति संयोजक बालकुमारी थापाले नगर भित्रका समस्या समाधानका लागि स्थानीय सरकारले गर्नुपर्ने काम , कर्तव्य प्रती कुनै कमि आउन नदिने र ठुला प्रकृतिका समस्या ( हत्या , हिंसा र बलात्कार ) बाहेकका अन्य समस्याहरु न्यायीक समितिको क्षेत्राधिकार भित्र पर्ने समस्या रामपुर नगरपालिकाको न्यायीक समितिले गर्नेछ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले समाज रुपान्तरणका लागि अरुले के गर्यो भन्नुभन्दा मैले के गरे र गर्न सके भन्ने सकारात्मक मानसिकता राखी समाज रुपान्तरणमा अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमका अध्यक्ष रानाले समाजमा जात दुई वटा मात्रै छन नारी र पुरुष , हामिले यी कुरालाइ मध्येनजर गर्दै अघि बढ्यौ भने र हाम्रा सन्तती हरुलाइ पारम्पारिक सोच होइन कि समयले परिबर्तन हुन सिकाएको आधुनिक सोच लाई अंगाल्दै अघि बढ्न प्रेरित गरि छुवाछूत , विभेद जस्ता कुसंस्कार लाई हटाउन सकिने र आफ्ना वडामा यस्ता कार्यक्रम हरु फेरि फेरि पनि ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सचेतना कार्यक्रममा रामपुर नगरपालिका वडा नं १ का वडाअध्यक्ष तथा रामपुर नगर प्रबक्ता कपिल बहादुर खाँणले मानिस समाजिक प्राणी हो उसले समाजमा रहदै गर्दा कुनै न कुनै भुमिका निभाएको हुन्छ र त्यो क्रममा आफुप्रती चाहे जुनसुकै प्रकृतिका व्यबहार देखाइयोस तर त्यो प्रती बदला लिएर होइन बदलिएर समाज परिबर्तनमा लाग्नुपर्छ , लक्षित बर्ग अन्तर्गतका विभिन्न खाले आरक्षण होइन कि संरक्षणका कार्यक्रम हरु ल्याइयो भने मात्र छुवाछूत , विभेद जन्य गतिविधिमा कमि आउनेछ र हिजो कला , सिपका आधारमा गरिएका तिनै बिभेद हुन तर समय अनुसार परिबर्तन हुदि आएको छ तिनै कला र सीप अब हेयका दृस्टिकोणले होइन कि सम्मानजनक दृस्टिकोणले हेरिन थालेकाछन त्यसैले आफ्ना कला, सीप र संस्कृतिको जगेर्ना र संरक्षण गरियो भने छुवाछूत र कुरिती पनि हट्ने बताउनुभयो ।
रामपुर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारको स्वागत बाट सुरु भएको कार्यक्रममा रामपुर नगरपालिका वडा नं ५ को दलित महिला सदस्य तथा रामपुर नगरपालिका कार्य समिति सदस्य माया नेपाली , रामपुर नगरपालिका वडा नं १ दलित महिला सदस्य जीवन माया नेपाली , नेपाली काङ्ग्रेस ४ नं वडा सभापति थर्क बहादुर राना, नेकपा एमाले जिल्ला कमिटी सदस्य सन्जु देबि परियार, नेपाली काङ्ग्रेस जिल्ला सह- सचिब हमिद अलि मिया , नेपाली काङ्ग्रेस महासमिति सदस्य बिस्णु प्रसाद आचार्य , नेपाली काङ्ग्रेस जिल्ला सदस्य बुध्दिप्रकाश रेग्मी र सम्पुर्ण सहभागीका तर्फबाट लक्ष्मी आधारभूत विद्यालयका ब्यबस्थापन समितिका अध्यक्ष बिमल श्रेष्ठले आ- आफ्ना भनाइ राख्नुभएको थियो भने कार्यक्रम सन्चालन रामपुर नगरपालिका न्यायीक समिती सचीव पार्बती परियारले गर्नुभएको थियोे ।




