पाल्पा । प्रेस चौतारी नेपालको ऐतिहासिक भेला पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युराे सदस्य खिमलाल भट्टराईले नेकपा एमालेको ग्रासरुट अभियान देशव्यापी रूपमा संचालन भइरहेको उल्लेख गर्दै यहि परिवेशमा प्रेस चौतारी नेपालले केन्द्र देखी नगर सम्म भएको कमिटी गठन महत्त्वपूर्ण भएको बताउनुभएको छ ।

रामपुर पाल्पामा भएको प्रेस चौतारी नेपालको ऐतिहासिक भेलामा लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले नवगठित कमिटीलाई शुभकामना दिदै देशमा भएका विभिन्न खाले परिवर्तनमा पत्रकारको भुमिका महत्वपूर्ण रहेकोमा जोड दिनुभयो ।
प्रेस चौतारी नेपाल पाल्पा शाखा उपाध्यक्ष बन्दना पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा चौतारीका लुम्बिनी प्रदेश सल्लाहकार बासुदेव ढकालले प्रेस चौतारी नेपाल नगर कमिटी गठनकाे उद्देश्य, यसकाे प्रक्रियाबारे जानकारी दिनुभएको भेलामा चौतारी जिल्ला सदस्य कृष्णप्रसाद पौडेलले स्वागत गर्नुभएको छ ।
जिल्ला सदस्य शोभाकान्त पाठकले संचालन गर्नुभएको भेलाले रस्मिता घिमिरे अध्यक्ष रहेकाे ९ सदस्यीय प्रेसचौतारी नेपाल रामपुर नगर शाखा गठन गरेको छ । भेलाले शाखाको उपाध्यक्षमा कला खनाल, सचीव मनोज भुजेल, सदस्यमा प्रेमकान्छा राई मगर, माधव ढुङ्गाना, हेमकुमारी पौडेल, रमा श्रेष्ठ,सागर बस्याल,कल्पना भुजेललाई चयन गरेको छ ।


