पाल्पा ,पाल्पाली समाज पोखराको २० औं बार्षिक साधारण सभा एवं ११ औं अधिवेशन तथा सम्मान कार्यक्रम सप्पन्न भएको छ।
पाल्पाली समाजका अध्यक्ष रेशम रचक ज्यूको अध्यक्षता र रामपुर नगरपालिका पाल्पाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
पाल्पा बासी जो कामका सिलसिलामा पोखरा बस्दै आउनुभएको सम्पुर्ण पाल्पाली हरुले कास्की जिल्लाको पोखरा उपमहानगर पालिकामा पाल्पाका विभिन्न गतिविधि लाई समेट्दै पाल्पा जिल्लाकै चिनारी पाल्पाली समाज गठन गरि अहिलेसम्म विभिन्न किसिमका कार्यक्रम गर्दै आइरहेको छ। पाल्पाली समाज पोखराले पाल्पा जिल्ला लाइ सबै सामु चिनाउने र पाल्पाकै सान रहेको पाल्पा दरवारको अस्तित्व कायम राख्ने उद्धेश्यले पोखराको न्युरोडमा पाल्पा हाउस समेत निर्माण गरेको छ। हरेक क्षेत्रमा आवस्यकता भइ आएका ठाँउमा सहयोग गर्दै र दिन दुखी हरुको मल्हम समेत बन्दै आइरहेको पाल्पाली समाज पोखराले यस बर्ष २० औं बार्सिक साधारण सभा एंब ११औं अधिबेशन तथा सम्मान कार्यक्रम गरेको हो।
कार्यक्रमका प्रमुख अतिथी थापाले पाल्पा आफैमा एउटा पर्यटकिय क्षेत्र हो जहाँ विभिन्न खालका पर्यटनलाई लोभ्याउने स्थलहरु छन । पाल्पाली समाज पोखराले गरेका हरेक कार्यले पाल्पालाइ चिनाउने कुरामा उल्लेखनिय भुमिका खेलेको र जो कोहि पनि पाल्पाली समाजले निर्माण गरेको पाल्पा हाउसको अबलोकन गर्यो भने अवस्य पनि पाल्पा घुम्न आउने र त्यस्का लागि विभिन्न प्याकेजको ल्याउनुपर्ने सुझाब दिनुभयो र त्यसको लागि हातेमालो गर्दै अघि बढ्ने समेत बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापा , गण्डकी प्रदेश सरकार एवं मुख्यमन्त्री कार्यालयकी सचिव मनमाया पंगेनी , गण्डकी प्रदेश प्रमुख कार्यालयका सचिव श्री अण प्रसाद न्यौपाने, रामपुर नगरपालिका वडा नं१ का वडाअध्यक्ष एवं रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिल बहादुर खाँड लगायतले पाल्पाली समाज पोखराले समाजमा एउटा छुट्टै पहिचान बोकि उदाहरणिय कार्य गरेको र भोलिका दिनमा पनि यस्तै प्रसंसनिय कार्य अगाडि बढाओस भन्दै बधाई तथा शुभकामना दिनुभएको थियो।
कार्यक्रममा गुल्मेली समाज पोखराका अध्यक्ष नारायणप्रसाद न्यौपाने, पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष एवं सल्लाहकारहरु चिरञ्जीवी श्रेष्ठ, जगदीश गौतम, ताराप्रसाद पोखरेल, कुलप्रसाद घिमिरे, सल्लाहकारहरु जनपुकार मुनकर्मी, डा. यज्ञमान शाक्य, नेपाल मोबाइल वितरण संघ गण्डकी अध्यक्ष मनोहर श्रेष्ठ लगायतले बोलेका थिए भने पुर्ब अध्यक्ष बाबुराम खनालको संयोजकत्व, पूर्वअध्यक्ष तथा सल्लाहकार चिरञ्जीवी श्रेष्ठ ,तारा प्रसाद पोखरेल ,नारायण प्रसाद पौडेल ,कानुनी सल्लाहकार बिष्णु प्रसाद लम्साल सदस्य रहेको निर्वाचन मण्डलले सर्वसहमत बालचन्द्र परियारको अध्यक्षतामा सर्बसहमत रुपमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यक्रममा निबर्तमान अध्यक्ष तथा पाल्पा हाउसका अध्यक्ष कुल प्रसाद घिमिरे समाज प्रती उहाँले निभाउनुभएको महत्वपूर्ण भुमिका प्रती सम्मान गरिएको थियो ।पाल्पाली समाजमा आवद्ध रहेर गतवर्ष सम्पन्न भएका कार्यक्रमका संयोजकहरूलाई मायाको चिनो तथा बर्तमान कार्यसमितिका कार्यसमिति सदस्यहरु, पूर्व अध्यक्ष तथा सल्लाहकारहरुलाई अध्यक्षबाट कदरपत्र समेत प्रदान गरिएको थियो।
अध्यक्ष रेशम रचक बाट गतवर्ष सम्पन्न कार्यप्रगति विवरण तथा कोषाध्यक्ष उमा सापकोटा बाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको कार्यक्रम प्रथम उपाध्यक्ष बालकुमार परियारको स्वागत बाट सुरु भएको थियो भने संचालन महासचिव केशव नेपालले गरेका थिए।


