रामतुलसी नमुना मा बि ले मनायो ५७ औं वार्षिकोत्सब

बोली खबर   २ पुष २०८१, मंगलवार ००:३१

पाल्पा जिल्लाकै अग्रणी शैक्षिक धरोहर श्री रामतुलसी नमुना माध्यमिक बिद्यालयले ५७ औं वार्षिकोत्सब तथा अभिभावक दिवस समारोह विभिन्न कार्यक्रम गरि मनाएको छ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शेषकान्त भट्टराईको अध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य एबम अर्थ, उद्योग र पर्यटन समिति सभापति राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

समारोहमा बोल्दै प्रमुख अतिथी श्रेष्ठले यदि साच्चिकै बदलिनु र सुध्रिनु छ भने आफैबाट सुरु गर्नुपर्दछ । समयानुसार नंया प्रबिधियुक्त गुणस्तरीय र व्यावसायिक शिक्षा आवस्यक रहेको र यस बिद्यालयले ब्यबहारिक र व्यावसायिक शिक्षा प्रदान गरि दक्ष जनशक्ति उत्पादन गरेको बताउनुभयो।
रोजगारी खोज्ने शिक्षा भन्दा रोजगारी आफै शृजना गर्ने खालका शिक्षा हुनुपर्छ, डिजिटल प्रबिधिको प्रयोगमा ल्याएनौ भने पनि हामी पछि पर्छौ , विद्युतिय सामानको उचित सदुपयोग गर्नुपर्ने , अभिभावकले आफ्ना छोराछोरीले के कस्ता एप्स हरु चलाएका छन ? कसरी विद्युतिय सामानको प्रयोग गरेका छन ध्यान दिनुपर्ने र बिद्यालय बाट गएपछी १/२ घन्टा मोबाइल हेर्न दिने त्यसपछि सेड्युल गराएर पढ्न लगाउने जस्ता कुरा संगै बिद्यालयका लागि आवस्यक सभा हल निर्माणका लागि आर्थिक ब्यबस्थापन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।

वार्षिकोत्सब समारोहमा प्रधानाध्यापक बालकृष्ण लम्सालले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै १११ कक्षाकोठा, ३ वटा स्कुल बस, अत्याधुनिक प्रविधिमैत्री कक्षाकोठा, कृषि तथा विज्ञान प्रयोगशाला, खानेपानी, खेलमैदान, बाल उद्यान, व्यवस्थित पुस्तकालय, कम्प्युटर प्रयोगशाला लगायतका सुबिधा रहेको बिद्यालयमा करिब ३२ लाख बराबरको ३६ वटा अक्षयकोष स्थापना भएको बताउनुभयो। विद्यालयमा हाल करिव २७ सय विद्यार्थी अध्ययनरत, ४१ जना सरकारी ८४ जना निजी स्तरमा गरी १२५ जना शिक्षक, कर्मचारी कार्यरत रहेको जानकारी गराउनुभयो। प्रतिबेदन प्रस्तुत गर्दै गर्दा प्र. अ लम्सालले बिद्यालयमा हुने सभा , समारोह विविध कार्यक्रम गर्नका लागि कम्तिमा एकहजार जना ब्यक्ती अट्ने सभाहल निर्माण गर्नका लागि आगामी आर्थिक बजेटमा समेट्नका लागि कार्यक्रम का प्रमुख अतिथी अर्थ , उद्योग तथा पर्यटन समिति सभापति माननीय राजु प्रसाद श्रेष्ठ संग प्रस्ताव समेत राख्नुभएको थियो।विद्यालयका लेखापाल हरिहर रेग्मीले ११ करोड ९ लाख ३४ हजार ७२४ रुपैयाँ ६३ पैसा बराबरको आयव्याय सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

वार्षिकोत्सब समारोहमा जिल्ला शिक्षा समिति सदस्य तथा विद्यालयका संस्थापक देवराज ढकाल, रामपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल, विद्यालयका पुर्व सञ्चालक समिति सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य कमलराज भट्टराई, दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा, लक्ष्मीनारायण गुठी व्यवस्थापन समिति अध्यक्ष बुद्धिप्रकाश रेग्मी, पुर्व विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु ऋषिराम भट्टराई, विष्णुप्रसाद पौडेल, किर्तिनाथ श्रेष्ठ, पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य लक्ष्मण सुनाम, विद्यालय व्यवस्थापन समितिको तर्फबाट दुर्गादेवी राना, शिक्षक अभिभावक संघका अध्यक्ष महेशकुमार पौडेल, विद्यालयको छात्रा सम्झना रायमाझी र कृष्ण दर्जी लगाएतले कार्यक्रम सफलताको शुभकामना सहित आ- आफ्ना भनाइ राख्नुभएको थियोे ।

समारोहमा पुर्व विद्यालय व्यवस्थापन समिति सदस्य लक्ष्मण सुनाम, बिमल श्रेष्ठ, नयाँ अक्षयकोष स्थापना गर्ने अक्षयकोषदातालाई सम्मान गरिएको थियो । बिद्यालयमा अध्यापन गराउनुहुने शिक्षक हरु मध्ये बाट उत्कृष्ट शिक्षक र कर्मचारी हरु सम्झना घिमिरे, रमेश अधिकारी, विनिता भट्टराई, दुर्गादेवी शर्मा, राजन घिमिरे, प्रेमकुमारी थापा, पुष्पराज ढकाल, ऐश्वर्य राना, सन्तोष चौधरी, विष्णुमाया पौडेल र कर्मचारी निरज श्रेष्ठलाई सम्मान गरिएको थियो।

विद्यार्थीको पठनपाठनमा थप हौसला पुगोस् भन्ने हेतुले सोही बिद्यालय बाट नेपाली माध्यमबाट यसबर्षको ( एसईइ ) मा उत्कृष्ट नम्बर ल्याइ उतिर्ण हुने विद्यार्थी मनिसा आले लाई नगद रु २१ सय रुपैयाँ र प्रोत्साहन पत्र प्रदान गरि बिद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष महेश पौडेलले सम्मान गर्नुभएको थियो । बिद्यालयको वार्षिकोत्सवको अवसर पारेर पूर्व विद्यार्थी विकास पौडेलले आफ्ना स्वर्गीय बुबा उमाकान्त पौडेलको स्मृतिमा आमा लक्ष्मी पौडेल संरक्षक रहनेगरी ३३ हजार ३३३ बराबरको उमाकान्त स्मृति अक्षयकोष स्थापनाका लागि घोषणा गर्नुभएको थियो।

कार्यक्रममा कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थी हरुको मनै लोभ्याउने हरेक किसिमका खानाहरुको स्टल सहित विद्यार्थी हरुले अनेक भेषभुषामा सजिएर विविध संस्कृति झल्काउने सास्कृतिक प्रस्तुति समेत राखेका थिए।
सहायक प्रधानाध्यापक पुर्णचन्द्र घिमिरेको स्वागत बाट सुरु भएको कार्यक्रमको सन्चालन शिक्षक लेखनाथ शर्मा मरासिनीले गर्नुभएको थियो बिद्यालय ब्यबस्थापन समितिका सदस्य बिशाल श्रेष्ठले आगन्तुक सम्पुर्ण लाई धन्यवाद दिनुभएको थियो।