प्रदेश सरकारको मुख्य ग्रामिण शहर अन्तर्गत रामपुरमा २६ करोड बजेट, सडक स्तरोन्नतीको काम तिब्र

बाेलीखबर   ११ पुष २०८१, बिहीबार १४:१३

पाल्पा । लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रामपुर नगरपालिकामा सडक स्तरोन्नतीको काम धमाधम भइरहेको छ ।

रामपुर नगर पूर्वाधार सहित पर्यटन मैत्री नमुना सहर भन्ने उद्देश्य सहित आर्थिक वर्ष ०७६/०७७ मा तत्कालिन मुख्य मन्त्री शंकर पोखरेल भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीको अवधारणमा रही ग्रामिण शहर विकासका रुपमा दाङ २ वटा, कपिलवस्तु १ र पाल्पा १ रामपुरलाई नमुना शहरको रुपमा विकास गर्ने गरी अगाडि बढेको थियो । यसैलाई आधार बनाएर आ.व. ०७७/०७८मा २६ करोड ७१ लखको टेण्डर आह्वान गरियो ।

प्राविधिक कारणवस ज्याग्दी पार्क र बसपार्कको भोकाधिकार प्राप्त नहुँदा योजना बदर भएको थियो  । यहाँका सडकको स्तरोन्नती तथा कालोपत्रे निर्माणको कामलाई जोड दिइएको छ । तत्कालिन पूर्व माननिय पाल्पा प्रदेश १(१) का सांसद युवराज खनालका अनुसार टेण्डर बदर पछि चुनाव भयो । लिला गिरी मुख्य मन्त्री हुँदा पुनः प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । पार्क र बसपार्क राख्न नपाएपछि कार्यक्रम परिवर्तन गर्दा बाटोको लागि पहल भएको खनाल बताउनुहुन्छ ।

ग्रामीण विकास तथा साना शहरी पूर्वाधार आयोजना अन्तर्गतको रामपुर नगरपालिका वडा नं ५ र ६ मा पर्ने सहायक सडकहरुको स्तरोन्नती कार्य भइरहेको छ । लुम्बिनी प्रदेश सरकार, शहरी विकास मन्त्रालयमार्फत करिव नौ किलोमिटर सडक स्तरोन्नती हुनेछ ।

सडकको बीच रेखाबाट दायाँबायाँ दुबैतिर चार/चार मिटर गरी आठ मिटर सडकको क्षेत्राधिकार रहेको छ । यसको पहल नगरपालिका, प्रदेश सांसद राजु प्रसाद श्रेष्ठ र प्रदेश सरकारले गरेको थियो । कुल रु २६ करोड ७१ लाखको लागतमा आयोजनाको काम सञ्चालन गरिएको छ । आयोजना सञ्चालनका लागि प्रदेश र संघ सरकारको समपूरक कोषबाट वजेट विनियोजन भएको छ ।

सडक स्तरोन्नतीका लागि रामपुर नगरपालिकामा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनाको कार्य हो । यस आयोजना अन्तर्गत रामपुर ५ स्थित सिमलघारी बसपार्क क्षेत्र अन्तर्गत जोडिएका विभिन्न सडक क्षेत्रको काम हुनेछ  र भैरहेको छ । लुम्बिनी प्रदेश सांसद तथा अर्थ,उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठका अनुसार गजेन्द्र/विकेबि जेभी निर्माण सेवाले निर्माणको काम जिम्मा लिएर काम गरेको छ ।

२०८१ वैशाख २८ गते सम्झौता भई जेठबाट काम सुरु भएको हो । उहाँका अनुसार आफु सभापति भैसके पछि आफ्नै पहलमा ठेक्का सम्झौता गराउन सफल भएको उहाँले दावी गर्नुभएको छ ।  यस आर्थिक वर्षको असार मसान्तभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । आयोजना अन्तर्गत नाली निर्माणको काम लगभग सकिएको छ । मा. श्रेष्ठका अनुसार केही पत्रिकाहरुले एकलौटी समाचार प्रकाशन गरेको भन्दै खण्डन समेत गर्नु भएको छ । आ.व.२०७६/०७७ मा अवधारणा आएसंगै सुरु गरिएको प्रक्रियालाई यहाँसम्म आइपुग्दा नगरपालिका र प्रदेश सरकारबाट आ–आफ्नो ठाउँमा सहयोग भएको विर्सन नहुने उहाँले बताउनु भएको छ ।

रामपुरलाई नमुना ग्रामिण शहरको रुपमा विकास गर्ने प्रदेश सरकारको उद्धेश्य अनुसार  यस योजनाका काम भएको छ । तोकिएको समयमा काम सम्पन्न गर्ने गरी आयोजनाको कामलाई तीव्र गतिमा अगाडी बढाइएको योजनाको अनुगमन गर्दै मा.श्रेष्ठले जानकारी दिनुभयो ।   “वजेट प्राप्त भएसंगै कार्यान्वयनका लागि आफ्नो हिसाबले सक्रिय रहनुभएका रामपुर वडा नं. ५ का वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलले हाल  दैनिक करिब सय जनाले काम गरिरहेको बताउनु भएको छ ।

शहरी विकास आयोजनाको काम सम्पन्न भएपछि रामपुर एउटा नमुना शहरको रुपमा विकसित हुने, यस आयोजनाले रामपुरको पर्यटन, कृषि, उद्योग, व्यापार, व्यवसायमा ठूलो परिवर्तन ल्याउने नगर प्रमुख रमण बहादुर थापाले बतानु भयो ।   २०५१ सालमा आएको अवधारणाको कालिगण्डकी २०८१ म आइपुग्दा कालिगण्डकी वेशीको विकासलाई टेवा पु¥याएको बताउँदै समन्वय समितिका प्रमुख टंकनाथ खनालले  देशकै ठूलो शहर बन्ने सम्भावना रहेको बताउनु भएको छ । तोकिएको मितिमा गुणस्तरिय काम सम्पन्न गराउन निर्माण कार्य भइरहेका स्थलमा जनप्रतिनिधिबाट निरन्तर अनुगमन तथा निरिक्षणको कार्य भइरहेको नगर प्रमुख थापाको भनाइ छ ।

आयोजना ठूलो रहेकाले पनि काममा ढिलासुस्ती हुन नदिन सरोकारवाला कार्यस्थलमा बेला बेलामा पुग्ने गरिरहेको मा.श्रेष्ठले बताउनु भयो  । रामपुर सिमलघारी बसपार्क आसपासका करिब ९ किलोमिटर सडक दोहोरो पक्की नाली सहित कालोपत्रे हुँदै छन् । जसमा १३ वटा सडक छनौट गरी काम थालनी गरिएको छ । छनौटमा परेका आयोजना अन्तर्गत सिमलघारी बसपार्कदेखि सहिदपार्कसम्म ४ सय मिटर, सिमलघारी बसपार्कदेखि ठूलोटार करिडोर (मटेरी) सम्म ५ सय मिटर, सिमलघारी बसपार्कदेखि रामघाट ९२० मिटर, सिमलघारी बसपार्कदेखि भम्बक करिडोरसम्म १ हजार १४० मिटर, सिमलघारी बसपार्कदेखि राम्चेमार्गसम्म ३१० मिटर सडक स्तरोन्नती गरिनेछ ।

यस्तै सिमलघारी बसपार्कदेखि सुन्दरटोल गैरीपथ नौ सय मिटर, बेझाड बजार क्षेत्र, बाङ्गेपसल, सहकारी भवनसम्म १ हजार ८३० मिटर, सिमलघारी बसपार्कदेखि हडेनी खोल्सीसम्म ३६० मिटर, सिमलघारी बसपार्कदेखि मालपोत कार्यालय ३ सय मिटर, सिमलघारी बसपार्कदेखि बाँझोबारी ६७० मिटर, सिमलघारी बसपार्कदेखि गौशाला सम्म १ हजार १९० मिटर, सिमलघारी बसपार्कदेखि गौरीघाट सडकसम्म ५३८ मिटर, दध्रानदेखि पुलिस स्टेशनसम्म ३७० मिटर सडक यस आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी स्तरोन्नती काम भैरहेको छ । यी सडकले रामपुरको मुख्य बजार बेझाड बजार, बसपार्क, नगरपालिका कार्यालय, मालपोत तथा नापी कार्यालय, इलाका प्रशासन कार्यालयसंग जोडेको छ । नगरपालिका कार्यालय अगाडी पार्क निर्माण गरिने आयोजनामा समेटिएको छ । नगरपालिका तथा वडाबाट विनियोजन गरेको साना रकमले ठूला आयोजना एकै पटक सञ्चालन गर्न कठिनाई पर्ने हुन्छ । हाल यहाँ परेको ग्रामीण विकास तथा साना शहरी पूर्वाधार आयोजनाले रामपुरको मुहार फेर्ने स्थानीय बताउँछन् ।