मूख्य समाचार

निजि क्षेत्रका लगानी बिना आर्थिक समृद्धि असम्भव मन्त्री शाही

  १५ माघ २०८१, मंगलवार २१:२१        boli khabar

चौथो रामपुर महोत्सव तथा व्यापार मेलामा मंगलबार सुरु भएको छ । आर्थिक समृद्धिका लागी उद्योग र व्यापार , कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नाराका साथ आज देखि सुरु भएको महोत्सवमा प्रमुख अतिथि नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऎन बहादुर शाहि रहनु भएको छ । मन्त्री शाहिले कार्यक्रम उद्घाटन...

चौथो रामपुर महोत्सवको अन्तिम तयारी पुरा

  १५ माघ २०८१, मंगलवार ०४:०२        boli khabar

रामपुर महोत्सव तथा व्यापार मेलाको अन्तिम तयारी पुरा भएको छ ।भोली मंगलबार देखि सुरु हुने चौथो महोत्सवको अन्तिम तयारीका बिषयमा पत्रकार भेटघाट मार्फत जानकारी गराइएको छ ।कालीगण्डकी उपत्यकाको पर्यटन प्रवद्र्धन, संघको निर्माणाधिन भवनलाई पूर्णता, घरेलु तथा कुटिर उद्योग, कृषिको उत्थान, कला संस्कृतिको जगेर्ना गर्नु साथै व्यावसायिक सम्भावनाको उजागर गरी...

सेलटर्न नेपालको `भेस्पा स्कुटर उपहार´ पाल्पाली मोबाइललाई हस्तान्तरण

  १४ माघ २०८१, सोमबार २१:३४        बोली खबर

पाल्पा । सेलटर्न नेपाल कम्पनीको आधिकारिक बिक्रेता आइबेरी होल्डीङ्ग प्रा.लि. बुटवलद्वारा पाल्पाली मोबाइल सेन्टर रामपुर पाल्पालाई भेस्पा स्कुटर हस्तान्तरण गरेको छ । होनर मोबाईल कम्पनीको दशै तिहार बम्पर उपहार योजना अन्तर्गत यो उपहार प्रोपाईटर लेखन्त सुनारीलाई आज हस्तान्तरण गरेको हो । हस्तान्तरण गर्नुहुँदै लुम्बिनी प्रदेशको आधिकारिक बिक्रेता आइबेरी होल्डीङ्ग...

रामपुर महोत्सवमा आकर्षण ‘अन्डर वाटर फिस टनेल’

  १४ माघ २०८१, सोमबार ०६:०१        boli khabar

आर्थिक समृद्धिका लागी उद्योग र व्यापार,कालीगण्डकी उपत्यका बिकासको आधार भन्ने नारा सहित यहि माघ १५ गतेदेखि रामपुर महोत्सव तथा व्यापार मेलामा हुन गैरहेको छ । उद्योग व्यापार पर्यटन सङ्गै नौलो आकर्षण थपिएको छ । रामपुर उद्योग वाणिज्य संघले महोत्सवमा ‘अन्डर वाटर फिस टनेल’को तयारी गरेको छ । यस बर्षको...

इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले अवैध घरेलु मदिरा नष्ट गर्यो

  १३ माघ २०८१, आईतवार २१:५६        boli khabar

पाल्पा, इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । गत माघ १० गते विहिबार इलाका प्रहरी कार्यालय रामपुर, अस्थाई ट्राफिक प्रहरी कार्यालय रामपुर, प्रहरी चौकी चौकी रुप्सेभञ्ज्याङ र प्रहरी चौकी जब्गादीको संयुक्त टोलीले बेलडाँडामा सवारी चेकजाँच गर्ने क्रममा अबैध मदिरा भेटेको थियो ।...

सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ् मार्गको ‘ब्रेक थ्रु’

  १२ माघ २०८१, शनिबार ०४:४६        boli khabar

पाल्पा – सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सुरुङ् मार्गको आज ‘ब्रेक थ्रु’ गरिएको छ । शुक्रबार भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ् मार्गको ‘ब्रेक थ्रु’ गर्नुभएको हो । सो अवसरमा उहाँले सिद्धबाबा क्षेत्र भएर यात्रा गर्न सहज हुने विस्वास व्यक्त गर्नुभयो ।राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको...

प्रधानमन्त्री सुरुङमार्गको ‘ब्रेक थ्रु’मा नजाने, स्वास्थ्यका कारण ‘भर्चुअल्ली’ गर्नुहुने

  ११ माघ २०८१, शुक्रबार १३:०६        बोली खबर

पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओली पाल्पाका कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम स्थगित भएको छ ।स्वास्थ्यमा समस्याका कारण् प्रधानमन्त्री ओलीको सचिवालयले पाल्पा साथै बुटवल जाने कार्यक्रम स्थगित भएको जानकारी दिनुभएको हो । ‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानमन्त्रीले ‘भर्चुअल्ली’ सहभागिता जनाउनु हुनेछ । ओली अनुपस्थित भएपछि बुटवल र पाल्पामा हुने कार्यक्रममा...

प्रधानमन्त्री ओली आज पाल्पा आउनुहुने

  ११ माघ २०८१, शुक्रबार १०:४१        बोली खबर

पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रवार पाल्पा आउनुहुने भएकोछ । पाल्पाका ३ वटा कार्यक्रममा सहभागी हुन पाल्पा आउन लाग्नु भएको हो । प्रधानमन्त्री ओली विहान १० बजे हेलिकप्टर मार्फत काठमाडौबाट बगनासकाली गाउँपालिका आउनुहुने कार्यक्रम छ । विहान ११ः१५ बजे बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गरेर १२ः१५ बजे...

सिद्धबाबा सुरुङमार्ग : ‘ब्रेक थ्रु’ अन्तिम चरणमा

  ५ माघ २०८१, शनिबार १७:४२        boli khabar

पाल्पा, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग छिचोल्ने (ब्रेक थ्रु) काम अन्तिम चरणमा पुगेको छ । एक हजार एक सय २६ मिटरको सुरुङमध्ये एक हजार ८९ मिटर खनेर सकिएको छ । अबका केही दिनभित्रै सुरुङ छिचोल्ने तयारी गरिएको छ । औपचारिक कार्यक्रम गरी सुरुङमार्ग छिचोलिएको (ब्रेक थ्रु) घोषणा गर्ने...

अरुण खोलाको जलुकेमा निर्माण भएको पक्की पुलले स्थानीयलाई सहज

  ५ माघ २०८१, शनिबार ०६:२६        boli khabar

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका ४ स्थित अरुण खोलाको जलुकेमा निर्माण भएको पक्की पुलले स्थानीयलाई सहज बनाएको छ । लुम्बिनी प्रदेशको निस्दी ४ र गण्डकी प्रदेशअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका-१४ जोड्ने गरी यहाँ पुल निर्माण गरिएपछि स्थानीयले वषौँदेखि भोग्दै आएको सास्ती अन्त्य भएको जलदेवी आधारभूत विद्यालय लामेदमारका शिक्षक लालबहादुर सोतीले...