मूख्य समाचार

कर्तब्य र जिम्मेवारी पूर्वक काम गर्न प्रमुख प्रशासकिय अधिकृत न्यौपानेको निर्देशन

  २०७९-०६-०७        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानले कर्तब्य र जिम्मेवारीको पूर्ण पालना गर्दै सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । नगरपालिकामा आएकका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले शुक्रबार कर्मचारीहरु संगको परिचात्मक कार्यक्रममा यस्तो निर्देशन दिएकाे हो । न्यौपानेले नगरभित्र संचालित विभिन्न योजनाको गुणस्तरियतामा ध्यान...

विद्युत् सुविधाले दिएको खुसी

  २०७९-०६-०६        बोली खबर

पाल्पा। निस्दी गाउँपालिका-४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत् सेवाका लागि सात हजार रकम १४ वर्ष अघि बुझाए । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत् सेवा नपुग्दा उहाँलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो । धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा उनी औधी...

राष्ट्रपतिद्धारा नागरिकता विधेयक अस्वीकार

  २०७९-०६-०५        बोली खबर

काठमाडौँ। राष्ट्रपति विधादेवी भण्डारीले  नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ । दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको...

किसानबारीमा वडा स्तरीय खुल्ला भलिबल तथा व्याटमिन्टन प्रतियोगिता हुने

  २०७९-०६-०४        बोली खबर

पाल्पा । ज्योतिपुञ्ज युवा क्लव रामपुर नगरपालिका ७ किसानबारीले असोज १२ देखि १५ गते सम्म वडा स्तरीय खुल्ला भलिबल तथा व्याटमिन्टन प्रतियोगिता गर्ने भएको छ । आफ्नो २६ औं वार्षिक उत्सव तथा विजयादशमीको अवसरमा असोज १२ गते देखि १५ गते सम्म प्रतियोगिता गर्न लागेको हो । क्लवले सोमबार पत्रकार...

निस्दीको लामेदमारमा बिजुली बल्याे

  २०७९-०६-०४        बोली खबर

पाल्पा ।  निस्दी गाउँपालिका – ४ , मित्यालको, लामेदमारमा पैसा बुझाएको १५ वर्षपछि बिजुली बलेकोछ । लामेदमार ट्रान्समिटर अन्तर्गत सोमबार त्यहाँको ५५ घरमा बत्ती बलेको हो । बिजुली बल्न भनेर यहाँका स्थानीय बासिन्दाले आजभन्दा करिब १५ वर्ष अगाडि पैसा बुझाएको थियोे । अब त बत्ती बलेको देख्ने आश मरिसकेको...

आज संविधान दिवस विभिन्न कार्यक्रमसाथ मनाइँदै

  २०७९-०६-०३        बोली खबर

काठमाडौं । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानले आज ८औं वर्ष टेकेको छ । स्मरणमा आज देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयनमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक छ । तत्कालीन...

कामना सेवा विकास बैंक लिमिटेडले हुप्सेकोटमा खोल्यो शाखा

  २०७९-०६-०३        boli khabar

नवलपरासी । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उदेश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा सोमबार नवलपुर जिल्लाको हुप्सेकोट गाँउपालिका वडा नं. ३ मा शाखा रहित बैंकिङ्ग...

कांग्रेस नेता विजयराज घिमिरेको निधन

  २०७९-०५-३१        बोली खबर

पाल्पा । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिका पूर्वसदस्य एवं पाल्पाका कांग्रेस नेता विजयराज घिमिरेको निधन भएको छ । लामो समय देखि आन्द्राको क्यान्सर बाट पिडित घिमिरेको उपचारको क्रममा मेडिसिटी अस्पताल काठमाडौमा उपचारको क्रममा निधन भएको हो । कांग्रेस पाल्पाका नेता तथा कार्यकर्ता, एवं सामाजिक अभियन्ताहरु उनको अन्तिम श्रद्धाञ्जलीका लागि...

देश परिवर्तनका लागि मेरो उम्मेदवारीः स्वतन्त्र उम्मेदवार इन्जिनियर विपिन कंडेल

  २०७९-०५-३०        बोली खबर

पाल्पा । प्रतिनिधि सभाका उम्मेदवार इन्जिनियर विपिन कंडेलले देश परिवर्तनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । पाल्पा क्षेत्र नं १ का स्वतन्त्र पदमा आफनो उम्मेदवारी रहने बताएका हुन् । पाल्पाको रामपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा कडेले दलका केही व्यक्तिले गर्ने कार्यशैलीले देशमा राजनैतिक दलप्रती वितृष्णा रहेकाले देशको विकास...

रामपुरकाे काञ्जीहाउसमा सडक भासिए पछि बाटाे अबरुद्ध

  २०७९-०५-३०        बोली खबर

पाल्पा ।  कालीगण्डकी करिडोर निस्किने बेझाँड-काञ्जीहाउसमा सडक भासिए पछि बाटाे अबरुद्ध बनेकाे छ । रामपुर नगरपालिका ५ बेझाँडबाट कालीगण्डकी करिडोर जाेडिने बाटो अविरल वर्षादका कारण सडक भासिए पछि अवरुद्ध भएको हो । यस अघि जाली भरेर बनाईएको सडक बुधबार रातभर परेको पानीले झण्डै ३५ मिटर सडक भासिएकाे स्थानीयले बताएका...