मूख्य समाचार

सांसद रानाको पहलमा पाल्पालाई स्वास्थ्य सामाग्री

  २०७८-०२-०२        बोली खबर

रामपुर, २ जेष्ठ २०७८,  पाल्पाका लागि पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय दल बहादुर रानाको पहलमा तत्कालका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री आज पाल्पा पठाइएको छ । विश्वभर फैलिएको नयाँ भेरियण्ट सहितकाे कोरोना भाइरसका कारण हाम्रो देशमा पनि त्रास र असहज परिस्थिति बनेको बेला आज पाल्पामा सांसद पुर्व मन्त्री...

निस्दीलाई होङशी शिवम सिमेन्ट प्रालिले अक्सिजन सिलिन्डर तथा बेड हस्तान्तरण

  २०७८-०२-०२        बोली खबर

निस्दी, २ जेष्ठ २०७८,  पाल्पा निस्दी गाउँपालिका पाल्पालाई होङशी शिवम सिमेन्ट प्रालिले अक्सिजन सिलिन्डर तथा बेड हस्तान्तरण गरेको छ। कोभिड १९ कोरोना भाइरसको महामारी फैलिरहेको बेला आइतबार निस्दीलाई अक्सिजन सिलिन्डर ठुलो ५ थान , बेड १३ थान र पल्स अक्सिमिटर १३ थान सहयोग गरेको छ। सहयोग सामग्री होङशी शिवम...

रामपुर ८ लाई आईतबार राती देखि शिल गरिने

  २०७८-०२-०२        बोली खबर

रामपुर २ जेष्ठ २०७८  रामपुर नगरपालिका वडा नं. ८ लाई आईतबार राती १२ बजे देखि पूर्ण रुपमा शिल गरिने भएको छ । संक्रमणका कारण एक पछि अर्को नागरिकको ज्यान जान थाले संगै अर्को सूचना जारी नभए सम्मको लागि शिल गर्ने निर्णय गरेको हो । रामपुर नगरपालिका ८ का वडा...

रामपुरमा ज्यादि पार्क निर्माण शुरु

  २०७८-०२-०२        बोली खबर

रामपुर, २ जेष्ठ,  प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रामपुरमा ज्यादि पार्क निर्माण शुरु भएको छ। गत आर्थिक वर्ष बाट सुरु भएको कार्यक्रममा ज्यादि पार्कले छुट्टै पहिचान र पर्यटनको क्षेत्रमा पहिचान बनाउदै गएको थियाे  । फलस्वरूप रामपुरमा कालीगण्डकी तटमा रहेको रामपुरको ज्याग्दी वनमा उद्यान निर्माण शुरु भएको छ । पच्चिस हेक्टर...

रामपुर अस्पतालमा कोभिड उपचाररत महिलाको निधन

  २०७८-०२-०२        बोली खबर

०२ जेष्ठ २०७८, रामपुर अस्पतालको कोभिड वार्डमा उपचाररत एक महिलाको आईतबार विहान निधन भएको छ । रामपुर नगरपालिका ८ का ४६ वर्षिय महिलाको विहान  निधन भएको रामपुर अस्पतालका प्रमुख डाक्टर विजय परियार जानकारी दिनुभयो । लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारका लागि पुगेको महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।...

प्रधानमन्त्री ओलीले लिए शपथ

  २०७८-०१-३१        बोली खबर

३१ बैशाख २०७८, काठमाडौँ -नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको...

कोरोनासंगै मुस्लिम समुदायको महान चार्ड ‘इद’

  २०७८-०१-३१        बोली खबर

३१ बैशाख २०७८, रामपुर, इस्लाम धर्मावलम्बीहरुको महान चाड इद–उल–फितर आज रामपुर सहित देशभरीका मुसलमानहरुले हर्षोउल्लासका साथ मनाइदै छ । हिजरी क्यालेण्डर अनुसार नवौँ महिना रमजानमा १ महिने रोजा (वर्त) समाप्त भएको खुसियालीमा दशौँ महिना सौवालको पहिलो तारिखमा यो चार्ड मनाइन्छ । इदको दिन मुस्लिम समुदायका वालवालिका, युवायुवती तथा बृद्धबृद्धा...

रामपुर अस्पतालका कोभिड बिरामीलाई निःशुल्क खाना

  २०७८-०१-३१        बोली खबर

३१ बैशाख २०७८ रामपुर, रामपुर युवा क्लब रामपुर पाल्पाले कोभिड बिरामीलाई निःशुल्क खाना वितरण कार्य सुरु गरेको छ । क्लबले रामपुर अस्पतालमा उपचाररत संक्रमित, उपचारमा खटिने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई विहान बेलुका निःशुल्क खाना वितरण कार्यको सुरुवात गरेको हो । अस्पताल परिसरका होटल व्यवसायीहरुले संक्रमणको जोखिम हुने भन्दै खाना...

रमजान महिनाको रोजा र इद पर्व

  २०७८-०१-३०        बोली खबर

रामपुर, ३० बैशाख, इस्लाम धर्मका मूख्य पाँच आधार स्तम्भहरु छन् जसमा क्रमशः इमान (सत्य इश्वर माथि आस्था), नमाज पढ्नु, जकात दिनु (निर्धारीत धनबाट निश्चित रकम दान गर्नु), रोजा (वर्त) र हज गर्नु । यी पाँच आधार स्तम्भहरुमध्य चौथो र अति महत्वपूर्ण आधार स्तम्भ रमजान महिनामा वर्त बस्नु हो ।...

लायन्स क्लव अफ रामपुरद्धरा अक्सिजन सिलिन्डर हस्तान्तरण

  २०७८-०१-२८        बोली खबर

रामपुर, २८, बैशाख २०७८, लायन्स क्लब अफ रामपुर आपतकालिन अबस्थामा कोभिड १९ बिरामीहरुको सहायताको निम्ति अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । रामपुर नगरपालिकालाइ आज एक कार्यक्रम गरि अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो । उद्देश्य माथि प्रकाश पार्दै रामपुर लायन्स क्लबका अध्यक्ष पुरूषाेत्तम केसिले सामाजिक कार्य गर्न कै लागि स्थापना...