रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही आउने भएपछि यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ । बुटवलमा आजदेखि सुरु हुने १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको उद्घाटनका लागि राष्ट्रपति रुपन्देही आउन लागेकी हुन् । राष्ट्रपतिले आज दिउँसो १ बजे हुने मेलाको उद्घाटन तथा सम्बोधन गर्ने...
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । राणालाई बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले...
पाल्पा । रामपुर मोबाईल एसोशियशन रामपुर पाल्पाले नयाँ कार्य समिति चयन गरेको छ । एसोशियशनको पहिलो अधिवेशनले इश्वर प्रसाद अधिकारीको अध्यक्षतामा ९ कार्य समिति सर्वसम्मत चयन गरेको हो । रामपुर ८ बुजातमा भएको एक कार्यक्रम गरी अधिवेशन सम्पन्न गरेको हो । अधिवेशनले ९ कार्य समिति चयन गरेको छ ।...
पाल्पा । पाल्पाको रामपुरमा मिस्टर एण्ड मिस पाल्पा हुने भएकोछ । मिस वल्र्ड हेरिटेज नेपाल २०२२ अन्तर्गत उक्त कार्यक्रम हुने भएको हो । मिस वल्र्ड हेरिटेज नेपाल २०२२ ले विहिबार हाेटल संगम, रामपुर पाल्पामा पत्रकार सम्मेलन गरि उक्त कार्यक्रम बारे जानकारी गराएको हो । लिटिल, टिन र एडल्ट गरि...
पाल्पा । निस्दी गाउपालिका वडा नं ४ मित्यालकाे सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । ४ नं वडा अध्यक्ष शन्तबिर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निस्दी गाउपालिका लेखा प्रमुख सरोज काफ्ले रहेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा निस्दी ४ मित्याल वडाको प्रतिबेदन वडा सहायक सहबिर खन्गाहाले प्रस्तुत गरेको थियाे...
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको घुम्ती बैठक सम्पन्न भएको छ । बैठक रम्भा गाउँपालिका १ हुंगीको रम्भा रिसोर्टमा बसेको हो । बैठकले गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रेस चौतारी नेपाल पाल्पाको भूमिका, प्रचार प्रसार र मिडिया परिचालनका विषयमा समीक्षा गरिएको सचिव नारायण...
पाल्पा । पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुगेको छ । पाल्पा चिर्तुङ्धारा घोरबन्दाका बासिन्दा मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका हुन् । उनीहरू बिरामी परेपछि उपचारका लागि बगनासकाली गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा...
पाल्पा। स्थायी पूर्वाधारविना मन्त्रालयहरू दाङ नसार्न चौतर्फी दबाब भइरहेको बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचरलगायत सामान रातारात दाङ लगिएको छ । मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलबार बिहानैदेखि देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको...
पाल्पा । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । भर्खरै प्रतिनिधि सभा पाल्पा क्षेत्र नं १ (१) मा प्रदेश सभा सदस्य पदमा नवनिर्वाचित संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठलाई बधाई तथा शुभकामना कार्यक्रम आयाेजना गरिएको हाे । संस्थाका काेषाध्यक्ष भाेजराज भट्टराईकाे अध्यक्षतामा कार्यक्रम...
काठमाडौं । स्याङ्जा-२ मा पुन: मतदान नहुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ । स्याङ्जा-२ मा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुचारू गर्न निर्देशन दिइएको आयुक्त रामप्रसाद भण्डारीले बताए । स्याङ्जा २ चापाकोट नगरपालिकाका चारवटा बुथमा नेपाली कांग्रेसले एकलौटी...