काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ ।
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । राणालाई बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले...
पाल्पा । पाल्पाको क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । आज दिउँसो ३ः३० वजेबाट सुरु गर्ने भनिएपनि साझ अबेर गरेर मतगणना सुरु भएको हो । मतगणनास्थल तयारी नहुदा ढिलाइ भएको निर्वाचन कार्यालय रामपुरले जनाएको छ । क्षेत्र नं १ को प्रदेश सभा १ बाट मतगणना सुरु भएको...
पाल्पा। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पाल्पामा झण्डै ६१ प्रतिशत मत खसेको छ । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको पाल्पामा कुल मतको ६० दशमलव ९४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । २ लाख १ हजार ३ सय २६ मतदाता रहेको पाल्पामा १...
पाल्पा । पाल्पामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मतदान शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ । पाल्पा क्षेत्र नं. १ काे मत मतदान सम्पन्न भए संगै मतपेटिका संकलनको कार्य जारी रहेको छ । जिल्लाका मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा मध्यरातमै संकलन गर्ने कार्य चलिरहेको छ । प्रतिनिधि...
पाल्पा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मतदान जारी छ । देशभरका १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान केन्द्रमा बिहानैदेखि मतदाता लाइन लागेका छन् । मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म चल्नेछ । यसपटक १ करोड ७९ लाख ८८ हजार...
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मतदान सुरू भएको छ । देशभरका १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान केन्द्रमा एकैसाथ मतदान सुरू भएको हो । मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म चल्नेछ । यसपटक १ करोड ७९ लाख ८८...
काठमाडौं । आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि आज मतदान हुँदैछ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रतिनिधि छनाैटकाे याे चुनावअन्तर्गत बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान समय ताेकिएकाे छ । जसका लागि मुलुकभरका १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१...
काठमाडौं । ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्थिर समय सुरु भएको छ । मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि स्थिर समय तोकेको हो । मतदान नसकिएसम्म स्थिर समय कायम रहनेछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आजदेखि चुनावी प्रचार गर्न पाउनेछैन । dमध्यरातिबाट राजनीतिक दल, उम्मेदवार...
पाल्पा । निस्दी गाउँपालिका,पाल्पामा एक वृद्धको लास भेटिएको छ। निस्दी गाउँपालिका वडा नम्बर-४,मित्याल,भोर्माका ६४ वर्षीया मोहन सिं खाम्चाको लास रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । मंगलबार बेलुकीसम्म पनि घर नआएपछि परिवारले छिमेकीलाई खबर गरेको र खोजी गर्दा खाम्चालाई चिलाउनीको रुखमा झुन्डिएको अवस्थामा भेटेको स्थानीयले बताएका छन ।...