स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी ( एमाले) ले चापाकोट नगरपालिकाको मेयरमा राजु कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चापाकोट नगरपालिकाको मेयरमा राजु कोइराला र उपमेयरमा सृष्टि मल्ललाई उम्मेदवार बनाउने प्रदेश कमिटीले निर्णय गरेको नेकपा (एमाले) चापाकोटले जनाएकाे छ ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ । यसअघि नेपाली बजारमा सुनको मुल्य यति धेरै कहिल्यै थिएन । मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजारमा कारोबार...
काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा देशभरी विदा दिने निर्णय भएको जनाएको छ । गृहमन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।
पाल्पा । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाले ४० औं राष्ट्रिय मगर एकता दिवस तथा १४ औं वार्षिक उत्सव मनाएको छ । मगर संस्कृति झल्किने पहिरन सहितको र्यालीले बेझाँड बजार मगरमय बनायो । अ-आफनो मगरभेषभुषा सहितको मगर दिदीबाहिनी, दाजुभाईको समूह बेझाँडमा मगर दिवस मनाए । हेरौं तस्बिरहरू । सबै...
काठमाडौं । सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय लिएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो। एकजना मन्त्रीका अनुसार बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकबाट यो निर्णय भएको हो। निर्वाचन आयोगले यसअघि जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको छ । आज आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो । निर्वाचन आयागले जेठ ५ गतेअगावै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिइरहेको थियो । त्यसैअनुसार आजको छलफलमा प्रधानमन्त्री देउवाले...
पाल्पा, सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको हाे । ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म...
पाल्पा, तमु ल्होसार पर्वको अवसरमा सरकारले भाेलि (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिईन् । सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा...
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गरे । यस्तै...
काठमाडौं, नेपाली कांग्रेसको १४औं महाधिवेशन आज शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन् । महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५०...