सुदूरपश्चिम

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

  २०८०-०५-२०        बोली खबर

पाल्पा । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै...

ऋषि तर्पणी, जनैपूर्णिमा, रक्षाबन्धन पर्व मनाइँदै

  २०८०-०५-१४        बोली खबर

पाल्पा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत...

नेपाल राष्ट्र बैंकद्धारा मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ]

  २०८०-०४-०७        बोली खबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ । आज बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेको मौद्रिक नीति सार्वजनिक गरिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले १५ जेठमा सार्वजनिक गरेको बजेटले लिएको आर्थिक बृद्धिको लक्ष्य पूरा हुने गरी मौद्रिक...

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

  २०८०-०३-२७        बोली खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सकका अनुसार आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।०’...

मनाङ एयर हेलिकप्टर दुर्घटना: पाँचको मृत्यु, एक जना बेपत्ता

  २०८०-०३-२६        बोली खबर

काठमाडौं । मनाङ एयरको ९एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए ।...

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ एसईईको रिजल्ट

  २०८०-०३-२१        बोली खबर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । गत चैत १७ गतेदेखि २९...

निर्वाचन आयोगको निर्णय : विदेशबाट मतदान, मतपत्रमा नो भोटको व्यवस्था

  २०८०-०३-१८        बोली खबर

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गर्ने र कूटनीतिक नियोगको सहयोगमा विदेशबाटै प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्ने आयोगको निर्णय छ । आयोगले मतपत्रमा नो भोटको व्यवस्था गर्ने र स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरुका लागि छुट्टाछुट्टै मतपत्रको व्यवस्था गर्ने समेत...

बकर इदको अवसरमा बिहीबार सार्वजनिक बिदा

  २०८०-०३-१२        बोली खबर

पाल्पा । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व यही १४ गते सार्वजनिक बिदा दिएको हो । गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । सूचनामा भनिएको छ,’नेपाल राजपत्रमा मिति २०७९र १२र०२ गतेका दिन प्रकाशित सूचना अनुसार...

मेयर शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

  २०८०-०२-२५        बोली खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले साहसिक निर्णय लिँदै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् । भारतले आफ्नो नयाँ संसद भवनमा नेपालका भू-भागसमेत समावेश गरेर ‘अखण्ड भारत’ को नक्सा राखेपछि शाहले त्यसलाई काउन्टर दिएका हुन् । महानगर स्रोतकाअनुसार मेयरको कार्यकक्षमा दुई-तीन दिनअघि नयाँ नक्सा राखिएको हो...

भारतको चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड दिल्ली प्रस्थान

  २०८०-०२-१७        बोली खबर

काठमाण्डाैं । चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड बुधवार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन् । सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना र मन्त्रीहरूले प्रधानमन्त्रीलाई विमानस्थलमा बिदाइ गरे । ४७ सदस्यीय सरकारी...