पाल्पा । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाज पोखरामा दुर्घटना भएको छ । विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान सेती दोभानमा खसेको थियो । उद्धार कार्यमा...
पाल्पा । आज माघे संक्रान्ति पर्व मनाइँदैछ । खासगरी मगर र थारु समुदायले विशेष रुपमा मनाउने यो पर्व अहिले सबैतिर फैलिएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा...
काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएको छ । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको...
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसार पर्व आज मनाइँदैछ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । गुरुङ बाहुल्य जिल्ला खासगरी लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा तमु ल्होसार सांस्कृतिक झाँकीसहित भव्यताका साथ मनाउने गरिन्छ ।
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले आज बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । राणालाई बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले...
पाल्पा । पाल्पाको क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । आज दिउँसो ३ः३० वजेबाट सुरु गर्ने भनिएपनि साझ अबेर गरेर मतगणना सुरु भएको हो । मतगणनास्थल तयारी नहुदा ढिलाइ भएको निर्वाचन कार्यालय रामपुरले जनाएको छ । क्षेत्र नं १ को प्रदेश सभा १ बाट मतगणना सुरु भएको...
पाल्पा। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पाल्पामा झण्डै ६१ प्रतिशत मत खसेको छ । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको पाल्पामा कुल मतको ६० दशमलव ९४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । २ लाख १ हजार ३ सय २६ मतदाता रहेको पाल्पामा १...
पाल्पा । पाल्पामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन मतदान शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ । पाल्पा क्षेत्र नं. १ काे मत मतदान सम्पन्न भए संगै मतपेटिका संकलनको कार्य जारी रहेको छ । जिल्लाका मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा मध्यरातमै संकलन गर्ने कार्य चलिरहेको छ । प्रतिनिधि...
पाल्पा । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मतदान जारी छ । देशभरका १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान केन्द्रमा बिहानैदेखि मतदाता लाइन लागेका छन् । मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म चल्नेछ । यसपटक १ करोड ७९ लाख ८८ हजार...
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत मतदान सुरू भएको छ । देशभरका १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान केन्द्रमा एकैसाथ मतदान सुरू भएको हो । मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म चल्नेछ । यसपटक १ करोड ७९ लाख ८८...