पाल्पा । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिनुभएको छ ।
विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेपछि गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाउनुभएको हो ।
गुरुङले आफ्नो राजीनावाबारे सामाजिक सञ्जालबाट जानकारी गराउनुभएको छ ।
प्रधानमन्त्री शाह नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन हुँदा गुरुङ गृहमन्त्री नियुक्त हुनुभएको थियो । सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाउनुभएका गुरुङ पछिल्लो समय भने आलोचनाको केन्द्रमा पर्नुभएको थियो ।
उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाउनुभएको हो ।


