पाल्पा “लोकतन्त्रको मुलआधार , विभेदमुक्त समाज , प्रेस स्वतन्त्रता र समाबेशी पत्रकारिता हाम्रो आवाज” भन्ने नाराका साथ जेठ १८ र १९ गते काठमाडौंकाे चन्द्रागीरी नगरपालिका वडा नं ३ थानकोटमा दुई दिन सम्म चलेकाे राष्ट्रिय महाधिवेशनबाट गाेपाल बराइलीकाे अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिएको हाे।
जसकाे बरिस्ठ उपाध्यक्ष उपाध्यक्षमा
लक्ष्मण दर्नाल र महासचिवमा करण ताम्राकार निर्वाचित हुनुभएको छ।
संगठनले ७ प्रदेश र १ विशेष प्रदेश गरि १० जना उपाध्यक्ष निर्वाचित गरेकाे हाे।
सावित्री रसाइली उपाध्यक्ष
मानसिंह बिक उपाध्यक्ष
सुशील दर्नाल उपाध्यक्ष
नरभूपाल बिक उपाध्यक्ष
बिनाेद परियार उपाध्यक्ष
भाेला पासवान उपाध्यक्ष
टेकेन्द्र बिश्वकर्मा उपाध्यक्ष
प्रेमबहादुर बिक उपाध्यक्ष
भिम बहादुर बिक उपाध्यक्ष
सरिता बराइली उपाध्यक्ष
राजेश कुमार पासवान सचिव
बसन्त विश्वकर्मा सचिव
चिन्ता परियार सचिव
बसन्त बिश्वकर्मा सचिव
सञ्जय साैगात काेषाध्यक्ष
सदस्यहरु
हिरा परियार
कर्णबहादुर बिक
गणेश बिक
कुशल दलामी
अमिर रामदाम
मनिस बिक
अम्बिका परियार
अर्चना परियार
सुवास राम
मिना बिश्वकर्मा
राजेश सुनाम
प्रकाश परियार
सञ्जु देवी परियार
पिवि दियाली
पत्रकारहरुकाे पेशागत सुरक्षा अभिव्यक्ति स्वतन्त्रता, मानवअधिकार रक्षा, र समतामूलक प्रेस मैत्री वातावरण निर्माणकाे लक्ष्य लिएको संघ राष्ट्रिय महाधिवेशनकाे समुद्धघाटन पुर्व राष्ट्रपति सम्माननीय विद्यादेवी भण्डारीले गर्नु भएको थियोे ।
समापन कार्यक्रममा संस्थापक अध्यक्षले भावात्मक सन्देश सहित संघकाे जिम्मेवारी कार्यदिशा, प्रेसमा देखिएका चुनाैती र दलित पत्रकारकाे सरकारी मिडियामा समावेशी तथा अर्थपूर्ण सहभागीताकाे लागि सधै खबरदारी गर्न कलमकाे जीविकाे जिम्मेवारी मात्रै हैन राज्य जिम्मेवारी हुन तयार नभएको बताउनु भयो ।
अहिले सरकारी मिडियामा लाेक कल्याणकारी विज्ञानपन दिने सरकारी निर्णयलेले आम संञ्चारमा प्रभाव मात्रै पारेकाे छैन यसले लाेकतन्त्र संविधान र प्रेस स्वतन्त्रताको हकमा प्रतिबन्ध गरिने कार्य गैरसंवैधानिक भएको जिकिर गर्नु भयो ।
संघकाे स्थापनाबाट सरकारी संञ्चार माध्यममा सकारात्मक पहल पुगेकाे छ तर मिडियामा विभेदकारी नितिले संघलाई हेर्ने दृष्टिकोण परिवर्तन नभएको र परिवर्तनका लागि निरन्तर कलमकाे माध्यमबाट खबरदारी गर्न सबै पत्रकारहरुलाइ अपिल गर्नु भयो ।
उहाँले सम्बाेधनमा थप जाेड दिदै भन्नुभयो
अहिले संघ ५० जिल्लामा १६ सय पत्रकारका वीचमा रहेकोछ यसका लागि संचारगृहमा लागेका पत्रकारहरुकाे पेशागत सुरक्षा, क्षमता अभिवृद्धि, संस्थागत विकास गर्न संघ महत्त्वपूर्ण जिम्मेवारी रहेकाेले यस तर्फ नयाँ कार्यसमिति थप जिम्मेवार रहन निर्देशन गर्नुभयो ।


