पाल्पा । निस्दी १ भोटाहा स्थित केन्द्रिय कार्यालय सम्पन्न भयो। बेस नेपालको केन्द्रिय कार्यालयमा आयोजना गरिएको ३४ औं वार्षिक साधारणसभा सभाको एक समारोहका बिच प्रमुख अतिथि निस्दी गाउँपालिका उपाध्यक्ष श्री तिरन कुमारी श्रेष्ठले दिप प्रज्वलन गरि बिरुवा सहितको गमलामा पानी हालेर उद्घाटन गर्नुभएको थियो। अध्यक्ष उमादेवी भट्टराईको अध्यक्षतामा आयोजना गरिएको उद्घाटन समारोहमा सस्थाका उपसचिव प्रेम नारायण पाण्डेले स्वागत मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथि निस्दी गाउँ पालिकाका उपाध्यक्ष श्री तिरन कुमारी श्रेष्ठले बेस नेपालको वार्षिक प्रतिबेदन लोकार्पण गर्नु भएको थियो।
उक्त उद्घाटन समारोहमा बेस नेपालका संस्थापक तथा पुर्व अध्यक्ष स्व ध्रुबराज पान्डे,तदर्थ कर्यासमितिका संस्थापक सचिब स्व नेत्र नारायण श्रेष्ठ, कार्यसमितिका पुर्व सदस्य स्व निर्मला अधिकारी,स्व केश बहादुर आले,खुसिलाल पान्डे तथा आजीवन सदस्य रामप्रसाद कार्कीको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो।

बेस नेपालको साधारणसभामा कार्यकारी निर्देशक शालिकराम पान्डेले संस्थाको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
उद्घाटन समारोहमा निस्दी गा पा वडा न १ पुर्वमलाङ्ग स्थित श्री राधाकृष्ण मा. बि. लाई बेस सिर्जना बर्ष पुरस्कारबाट सम्मान गर्ने संस्थागत निर्णय अनुसार प्रमुख अतिथिबाट दोसल्ला,प्रमाणपत्र तथा रु. ५०००/- नगद सहित सम्मान गर्नु भएको थियो। त्यसैगरी बेस कर्मवीर सम्मान संस्थामा उत्कृष्ट योगदान गर्ने संस्थाका उपाध्यक्ष श्री मेदनिलाल पान्डे ( दिनेश) लाई प्रदान गरिएको थियो। यस बर्षको बर्ष उत्कृष्ट कार्यसम्पादन कर्मचारी सम्मानबाट श्री छबिलाल सुनारीलाई सम्मानित गरिएको थियोे । उद्घाटन सत्रको संचालन सचीव भेषराज पोखरेलले गर्नुभएको थियो।


